 चिनियाँ तिब्बत स्वायत प्रदेशका उपाध्यक्ष दचिले ल्हासामा बोल्दै सुधार र खुलापन भएको तीस वर्षदेखि यता तिब्बती समाजमा ठूलो परिवर्तन भइसकेको बताउनुभएको छ।
स्वास्थ प्रणालीले सुधार र खुलापन भएको तीसौं वार्षिकोत्सव मनाउने गोष्ठीमा श्री दचिले उक्त कुरा बताउनुभएको हो।

तथ्याँकका अनुसार, गत वर्ष तिब्बत क्षेत्रको कुल गार्हस्ध उत्पादन मात्रा 34अरब चिनियाँ युआन पुगेको छ। जसबाट सन् 1978को तुलनामा 16 गुणाले वृद्धि भएको हो। सन् 2001देखि यताका सात वर्षमा तिब्बतको अर्थतन्त्र निरन्तर रुपमा बाह्र प्रतिशतभन्दा बढीको वृद्धि-गति कायम रहेको छ।
|