china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन अध्ययन केन्द्रले नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गको सम्मानमा रात्रिभोजनको आयोजना गर्ने भएको छ।
    (GMT+08:00) 2008-12-18 17:19:07    

         नेपालका लागि राजदूत नियुक्त भएर आएदेखि नै चिनियाँ राजदूत छ्‍वु कोहोङ्ग भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ। नेपाल र चीनबीचको मैत्री सम्बन्धमा कार्यरत संघसंस्थाहरुका प्रतिनिधिहरुसँग भेट गरी आफ्‍नो कार्यकालमा दुई देशबीचको मैत्री सम्बन्धलाई थप उचाइमा कसरी पुर्‍याउन सकिन्छ भन्ने विचार विमर्शमा उहाँ व्यस्त रहनु भएको हो।

              भोलि बिहिबार चिनियाँ राजदूत कोहोङ्गको सम्मान तथा स्वागतमा चीन अध्ययन केन्द्रले रात्रिभोजको आयोजना गर्ने भएको छ। चिनियाँ दूताबासको संस्कृति विभागकी प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.लाई बताउनु भए अनुसार र्‍याडिसन होटलमा केन्द्रले स्वागत कार्यक्रम राखेको हो।

              चीन अध्ययन केन्द्र नेपाल चीन मैत्री सम्बन्धमा कार्यरत सबैभन्दा ठूलो संस्था हो। मदन रेग्मीले नेतृत्व गर्नु भएको यस संस्थाले दुई देशबीचको मैत्री सम्बन्धमा वौद्धिक विश्लेषणको काम गर्ने गरेको छ। चीन र चिनियाँ संस्कृतिसम्बन्धी विभिन्न प्रकाशनहरु गर्ने, चिनियाँ भाषामा प्रकाशित पुस्तकहरुलाई नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गर्ने तथा दुई देशबीचमा प्रतिनिधिमण्डलहरुको आदानप्रदान गर्ने कार्य चीन अध्ययन केन्द्रका मुख्य गतिविधिहरु हुन्।

             भोलि साँझ हुने कार्यक्रममा केन्द्रका अध्यक्ष रेग्मी र चिनियाँ राजदूत कोहोङ्गले संक्षिप्त मन्तव्य दिने र औपचारिक रुपमा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी हुने भएको छ। यसैगरी दुई पक्षीय सम्बन्धका बारेमा छलफल र विशर्म पनि सो अवसरमा हुने भएको छ। एक महिना अगाडि नेपालका लागि राजदूत नियुक्त भएर आएपछि कोहोङ्ग र चीन अध्ययन केन्द्रबीचमा अनौपचारिक रुपमा भेटघाट भएको भए पनि संस्थागत रुपमा स्वागत कार्यक्रम आयोजना गरेर दुई पक्षीय कुराकानी हुन लागेको यो पहिलो अवसर हो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040