
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज अठार तारिखका दिन पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चीनले सोमाली समुद्री डाँकाहरुलाई प्रहार गर्नेतर्फ अन्तराष्ट्रिय समाजव्दारा चलाइएको प्रभावकारी सहयोगको स्वागत गरी निकट भविष्यमा सम्बन्धित क्षेत्रहरुमा जहाजहरुको आवत-जावतको संरक्षण गर्ने कार्यमा सहभागी हुन सेनालाई पठाउने विचार गरिरहेको कुरा बताउनुभएको छ।
थाहा भएअनुसार सन् 2007मा मोटामोटी तीन सय वटा जहाजहरु सोमाली समुद्री क्षेत्रमा डाँकाहरुव्दारा अपहरण वा प्रहार गरिएको थिए। यस वर्षको आरम्भदेखि नोभेम्बरसम्म अर्का चालिस वटा जहाजहरुलाई अपहरण गरिएको थियो। अहिलेसम्म बीसभन्दा बढी जहाजहरु र तीन सय जति जहाजीहरुलाई छाडबन्देज लगाइएको छ। तिनमध्ये चीनको एउटा माछा मार्ने जहाज र अठार जना जहाजीहरु समावेश छन्।
|