|
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज अठार तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै हिजो गल्फ अफ अदेनमा समुद्री डाँकाहरुबाट प्रहार गरिएको चीनको एउटा जहाज र अठारजना जहाजीहरुलाई बचाइएको कुरा बताउनुभएको छ। उहाँको भनाइअनुसार चीनले मलेसिया र सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुले चीनलाई प्रभावकारी सहायता दिएकोमा धन्यवाद दिन चाहन्छ।
उहाँको भनाइअनुसार पैचिङ्गको समयअनुसार सत्र तारिख बाह्र बजेर त्रिचालीस मिनेटमा चीनको यातायात निर्माण संघको अधीनमा रहेको " चङ्ग व्हा " नाउँको मालवाहक जहाजमाथि उक्त स्थानमा समुद्री डाँकाहरुबाट प्रहार गरिएको थियो।
|