चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज अठार तारिखका दिन बोल्दै यूरोपेली संसदव्दारा हु च्यालाई "हाखारोभ पुरस्कार " प्रदान गरिएको कार्य गल्ती भएको ठहर गर्दै सही बाटोमा रहेको चीनको अठोटलाई बदल्न नसक्ने दावी गर्नुभएको छ।
उहाँको भनाइअनुसार पटक पटक गरी यूरोपेली संसदको उक्त किसिमको कार्य विरोधी चीनको अडानबारे व्याख्या गर्दै आइएको छ। यूरोपेली संसद चीनको अडानबारे पनि स्पष्ट भएको हाम्रो विश्वास छ। यूरोपेली संसदको कार्य जे भए पनि चीनको विशेषतायुक्त समाजवादी बाटोमा अघि लम्कने र निरन्तर रुपमा कानुनीराजको बाटोमा अघि बढ्ने छ।
|