
चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो पूर्ण सम्मेलनको आयोजना भएको तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज एउटा विशेष समारोह आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष हु चिन थाउले उक्त सम्मेलनलाई सम्बोधन गर्दै सुधार र खुलापन वर्तमान चीनको भाग्यसम्बन्धी निर्णायक छनौट भएको कुरामा जोड दिनुभयो।

सन् 1978 को डिसेम्बर अठार तारिखदेखि बाइस तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो पूर्ण सम्मेलन पैचिङमा आयोजना भएको थियो। त्यस सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी तथा मुलुकको कार्यको महत्वपूर्ण विन्दुलाई आर्थिक निर्माणमा राखेर सुधार तथा खुलापनको ऐतिहासिक नीति लागू गर्ने निर्णय गरिएको थियो।

श्री हु चिन थाउले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको सामाजिक विकासको इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेश्रो पूर्ण सम्मेलनको महत्वपूर्ण स्थान तथा महान भूमिकाको उच्च मूल्याँकन गर्नुभयो। उहाँले सुधार तथा खुलापन नै वर्तमान चीनको भाग्यलाई निर्धारण गर्ने निर्णायक छनौट हुनुका साथै चिनियाँ विशेषतायुक्त समाजवादको विकास गर्ने तथा चीन राष्ट्रको महान पुन:रुत्थानलाई साकार तुल्याउने आवश्यक बाटो भएको कुरा व्यक्त गर्नुभयो।
श्रोताहरू ,यससम्बन्धी विस्तृत विवरण समाचारपछिको समाचार सन्दर्भ कार्यक्रम सुन्नुहोला।
|