china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गत नोभेम्बर महिनामा पनि नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या विगतको तुलनामा बढेको छ।
    (GMT+08:00) 2008-12-19 17:41:01    

         पैचिङ्गमा सम्पन्न भएको 29 औं ओलम्पिक खेलकूद प्रतियोगितापछि नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको छ। नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्यांक अनुसार गत नोभेम्बर महिनामा पनि नेपाल भित्रिने चिनियाँ पर्यटकहरु उल्लेख्य रुपमा बढेका छन्।

              नेपालको मुख्य पर्यटकीय मौसम सेप्टेम्बर तथा अक्टोबर भए पनि नोभेम्बर महिनामा पनि चिनियाँ पर्यटकहरु बढ्‍नुलाई सकारात्मक रुपमा हेरिएको छ। सन् 2007 को जनवरीदेखि नोभेम्बरसम्मको नेपाल भित्रिने पर्यटकको तुलनामामा सोही अवधिमा यो वर्ष नेपाल भित्रिने पर्यटकहरु ४ प्रतिशतको हाराहारीमा बढेको छन्। यसरी बढ्‍ने पर्यटकहरुमा चिनियाँ पर्यटकहरु पनि परेका छन्।

              नयाँ वर्षको सुरुमै चिनियाँ वसन्त चाडको समयमा विदा मनाउन नेपाल आउने चिनियाँ पर्यटकहरु अझै बढ्‍ने आशा नेपाल पर्यटन बोर्डले गरेको छ। चिनियाँ बजारमा नेपाली संस्कृति र भौगोलिक सुन्दरताको प्रचारप्रसार हुनु तथा नेपालमा भइरहेको शान्तिको प्रगतिले पनि चिनियाँ पर्यटकहरु नेपाल घुम्न रुचाएका हुन्।

              चाइना साउथन एयर लाइन्सका महाप्रवन्धक भिमसेन्ट चेनका अनुसार नेपाल आउने चिनियाँ पर्यटकहरुको माग अनुसारको टिकट हवाइ सेवाहरुले दिन सकेका छैनन्। एकातिर नेपाल र चीनबीचको व्यापार विस्तारित अवस्थामा छ भने अर्कोतिर चिनियाँ पर्यटकहरुले नेपाललाई गन्तव्य सूचिमा राख्न थालेकाले नेपाल घुम्ने चिनियाँ पर्यटक बढेका हुन्।

              नेपाल सरकारले पनि चिनियाँ पर्यटकहरुका लागि विभिन्न सुविधाहरुलाई अगाडि सारेको छ। नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा वेभसाइटको सुरु गरेको छ भने चिनियाँ भाषामा सूचना प्रवाह गर्नका लागि सिडी पनि उत्पादन गरेको छ। त्यसैगरी नेपाल सरकारले चिनियाँ पर्यटकका लागि भिसा शुल्क मिनाहा गर्ने, विभिन्न पर्यटकीय स्थलमा प्रवेश गर्नका लागि छुट सुविधा उपलब्ध गराउने कार्य गर्दै आएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040