 चौथो दुई किनार आर्थिक तथा व्यापारिक र साँस्कृतिक मंच आज शाँग हाइमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका राजनीतिक व्यूरोका स्थायी सदस्य एवम चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिँग लिनले आज मंचमा बोल्दै दुई किनारले मौका छोपेर चौतर्फी रुपमा दुई किनारबीचको आर्थिक आदान-प्रदान र सहयोगलाई विस्तार र गहन पार्नुपर्ने कुरा व्यक्त गर्नुभयो।
साथै उहाँले दुई किनारले कठिनाइका साथ प्राप्त गरेको ऐतिहासिक मौकालाई छोपेर दुई किनारका जनताको इच्छा र आग्रहबमोजिम दुई किनारको आर्थिक विकासलाई बढाई दुई किनारका जनतालाई हित पार्नुपर्छ भन्नुभयो। उहाँका अनुसार दुई किनारले सक्रिय रुपमा आपसी सहयोग गरी संयुक्त रुपमा अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्नुपर्छ। विश्वको आर्थिक परिस्थिति गम्भीर हुँदैजानुको कारण थाइ वानले आर्थिक सहयोग गर्न आग्रह गरेमा मुख्य भूमिले सक्दो प्रयास गरी सहयोग दिने इच्छा लिएको छ।

चौथो दुई किनार आर्थिक तथा व्यापारिक र साँस्कृतिक मंच चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको थाइ वान मामिला कार्यालय र चीनको को मिन ताँग पार्टीका सम्बन्धित पक्षद्वारा आयोजित भएको हो। दुई किनारको आर्थिक आदान-प्रदान र सहयोगलाई विस्तार र गहन पार्नु नै यस मंचको मुख्य विषय रहेको छ।
|