
मकाउ विशेष प्रशासनिक क्षेत्र स्थापित भएको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा आज एक समारोह आयोजना भएको छ। विशेष प्रशासनिक क्षेत्रका मुख्य प्रशासक ह हौ ह्वाले आफ्नो सम्बोधनमा बोल्दै बितेका नौ वर्षमा देशको पूर्ण समर्थन पाएर मकाउ विशेष प्रशासनिक क्षेत्रको स्थिर विकासको प्रत्याभूति भएको कुरा व्यक्त गर्नुभएको छ।
आज विहान मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारले सुनौलो कमल फूल नामक चोकमा झण्डाडोत्तोलन गर्दै मकाउ मात्रभूमिमा समाहित भएको नवौं वर्ष मनाएको छ। मुख्य प्रशासक ह हौ ह्वा तथा विभिन्न तहका सरकारी अधिकारी एवम् अतिथिहरु लगायत पाँच सय जनाले उक्त झण्डाडोत्तोलन समारोहमा भाग लिनुभयो।

आज आयोजित उक्त समारोहमा मुख्य प्रशासक हले आधारभूत ऐन, एक देश दुइ व्यवस्था, मकाउका जनताले मकाउको प्रशासन गर्नु भन्ने सिद्धान्तको अक्षरशः पालना गर्दै विशेष प्रशासनिक क्षेत्रले विकासमा प्राप्त उपलब्धि तथा आशा लिएर दशौं वार्षको गौरव घडीमा सुचारु रुपमा प्रवेश गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।
|