चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले कुनै पनि मुलुकले "पूर्वी तुर्कीस्तान इस्लामिक आन्दोलन"का आतङ्कवादी संदिग्ध अपराधीहरुलाई आफूकहाँ राख्ने कुराको चीनले दृढताका साथ विरोध गर्दछ भन्नुभयो।
उहाँले तेइस तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
ज्ञात भए अनुसार "पूर्वी तुर्कीस्तान इस्लामिक आन्दोलन" हाल "पूर्वी तुर्कीस्तान"का आतङ्ककारी शक्तिहरुमध्ये सबैभन्दा विध्वम्सात्मक आतङ्ककारी संगठनहरुमध्येको एक हो।
|