china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शान्ति तथा निशस्त्रीकरणका लागि चिनियाँ जनसंघका उपाध्यक्ष ह चेनले नेपालका संविधानसभा अध्यक्षसँग भेट गर्नु भएको छ
    (GMT+08:00) 2008-12-23 19:18:10    

           नेपाल भ्रमणमा रहेको पाँच सदस्यीय शान्ति तथा निशस्त्रीकरणका लागि चिनियाँ जनसंघको प्रतिनिधिमण्डलका नेता ह चेनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग भेट गर्नु भएको छ ।

               हिजो अपरान्ह संसद सचिवालयमा रहेको संविधान सभा अध्यक्ष नेम्बाङको कार्यालयमा भएको भेटघाटमा दुई पक्षीय कुराकानी भएको छ । सचिवालका शाखा अधिकृत सुदर्शन कुँइकेलले सि.आर.आई.लाई बताउनु भए अनुसार चिनियाँ नेता चेनले नेपालको शान्ति प्रक्रियाका बारेमा सन्तोष प्रकट गर्दै चिनियाँ सहयोगलाई बढाउँदै लगिने बताउनुभयो । अध्इक्ष नेम्बाङसँगको भेटमा चेनले भन्नुभयो "नेपालको शान्ति र प्रगतिका लागि चीन हरसम्भव सहयोग गर्न तयार रहेको छ । चीनले नेपालमा शान्ति र स्थिर राजनीतिक विकास भएको हेर्न चाहन्छ ।"

               चीन र नेपालबीचको सम्बन्धका ऐतिहासिक पक्ष पनि शान्तिपूर्ण सहअस्तित्व्मा रहेको उल्लेख गर्दै चिनियाँ नेता चेनले नेपालको शान्ति तथा संविधान निर्माण प्रक्रियामा चीनले गर्दै आएको सहयोगमा विस्तार गर्ने प्रतिवद्धता दोहोर्याउनु भएको शाखा अधिकृत कुइँकेलले बताउनुभयो ।

               संविधानसभा अध्यक्ष नेम्बाङले विश्व शान्तिमा चीनको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण तथा दिगो विकासका लागि चिनियाँ सहयोगले अहं भूमिका खेलको बताउँदै अध्यक्ष नेम्बाङले भन्नुभयो "हामीले चीनको विकास र प्रगतिबाट धेरै पाठ सिकिरहेका छौँ ।"

               शान्ति तथा निशस्त्रीकरणका लागि चिनियाँ जनसंघका उपाध्यक्ष ह चेन अर्थशास्त्री पनि भएकाले दुई देशबीचको आर्थिक विकासका बारेमा पनि भेटघाटमा कुराकानी भएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040