 चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख चाङ्ग फिङ्गले आज बोल्दै यस वर्षका अघिल्ला नौ महिनामा चीनको कूल गार्हस्थ उत्पादन गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलब नौ प्रतिशतले वृद्धि भएको छ।
श्री चाङ्ग फिङ्गले आज राष्ट्रिय जन काँग्रेस स्थायी समितिसमक्ष चीनको राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक विकाससम्बन्धी एघारौं पञ्चवर्षीय योजनाको मध्यकालीन अवस्थाबारे जानकारी दिनुहुँदै उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, चीनको राष्ट्रिय अर्थतन्त्र तथा सामाजिक विकाससम्बन्धी एघारौं पञ्चवर्षीय योजना समष्टिगत रुपमा सुचारु रुपमा चलिरहेको देखिन्छ।
|