china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा सकारात्मक कदममार्फत बैकिङ्ग संकटको सामना
    (GMT+08:00) 2008-12-24 19:49:20    
            अन्तर्राष्ट्रिय बैकिङ्ग संकट चर्कंदैआएको सिलसिलामा अमेरिका लगायत विश्वका मुख्य आर्थिक समुदायहरूमा धेरै वर्षसम्म नदेखिएको आर्थिक ह्रास देखापरेको छ। अझ विशेष गरी सारा विश्वको अर्थतन्त्रसँगको सम्पर्क दिनप्रति दिन घनिष्ट हुँदैगएको चीनको सामु पनि आर्थिक दबाव देखा परेको छ। दुई वर्षभन्दा लामो समयसम्म लागू भैरहेको एघारौं पञ्चवर्षीय योजनालाई सफलतासाथ सिध्याउनका लागि चीनले अनेकन् कदम चालेर सक्रियताका साथ अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना गर्ने कुरा चीनको राज्य परिषद्द्बारा आज राष्ट्रिय आधिकारिक संस्थासमक्ष पेश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसमा भनिएको छ: अनेकन् कदममार्फत अर्थतन्त्रलाई छिटो र राम्रोसँग विकसित पारिनुका साथै सामाजिक मेलमिलाप तथा स्थिरतालाई सुनिश्चित गरिनुपर्छ।

           "पञ्चवर्षीय योजना" चीनको राष्ट्रिय अर्थतन्त्रसम्बन्धी योजनामध्येको एक योजना हो। त्यस योजनाले मुख्य गरी देशका महत्वपूर्ण निर्माण योजनाहरु, उत्पादित शक्तिको प्रयोग र राष्ट्रिय अर्थतन्त्रसम्बन्धी महत्वपूर्ण अनुपात आदि विषयबारे निर्देशन दिनुका साथै राष्ट्रिय अर्थतन्त्रका लागि लक्ष्य र दिशालाई निश्चित गर्ने भएको छ। हाल चीनमा एघारौं पञ्चवर्षीय योजना लागू भैरहेको छ।

             चीनको राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख चाङ्ग फिङ्गले आज राष्ट्रिय जन काँग्रेस स्थायी समितिसमक्ष "एघारौं पञ्चवर्षीय योजना" लागू भैरहेको वास्तविक अवस्थाबारे जानकारी दिंदै भन्नुभयो:

              एघारौं पञ्चवर्षीय योजना लागू भएका दुई वर्षयता हाम्रो देशको अर्थतन्त्र तथा समाज चौतर्फी रुपमा विकसित हुँदैआएको, सुधार तथा खुलापन गहन रुपमा अघि बढ्दैगएको, जनताको जीवनस्तर निरन्तर रुपमा उँभो उठ्दैगएको र देशको मिलिजुली शक्ति र अन्तर्राष्ट्रिय असर पनि दिनप्रति दिन बढ्दैगएको छ। समष्टिगत दृष्टिकोणबाट हेर्दा यो पञ्चवर्षीय योजना राम्रोसँग चलिरहेको देखिन्छ।

              तीव्र गतिले विकसित भैरहेको चीनका लागि सन् 2008 एउटा असामान्य वर्ष हो। किनकि बिनाशकारी प्राकृतिक प्रकोप लगातार रुपमा देखापरेका, विश्वको आर्थिक स्थिति बिग्रँदै आएको, मुख्य विकसित मुलुकमा आर्थिक ह्रास देखा परेको र विश्वको अर्थतन्त्रमा अधोगति भएको अवस्थामा चीनको अर्थतन्त्रले विगतमा झैँ तीव्र र स्थिर विकासलाई कायम राख्दैआएको देखिन्छ। यस वर्षका अघिल्ला नौ महिनामा चीनको कूल गार्हस्थ उत्पादन गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलब नौ प्रतिशतले वृद्धि भएको छ।

               तर हालको अवस्थाबाट हेर्दा अन्तर्राष्ट्रिय बैकिङ्ग संकट केही समयसम्म जारी हुने सम्भावना रहेको छ। श्री चाङ्ग फिङ्गका अनुसार, आर्थिक अधोगति भन्ने कुरा अहिले तथा भविष्यमा चीनसामु देखापरेको मुख्य अन्तर्विरोध बनिसकेको देखिन्छ। उहाँ भन्नुहुन्छ:

               हाम्रो देशको अर्थतन्त्र विदेशमा भर पर्ने अनुपात अपेक्षाकृत बढी छ। बाह्य चाहनाले कूल चाहनामा ओगटेको अनुपात पनि निकै बढी छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय बैकिङ्ग संकट तथा विश्व अर्थतन्त्रको समन्वयले हाम्रो देशको आर्थिक विकासमा नकारात्मक असर पार्ने भएको छ। हाल आर्थिक अधोगति भन्ने कुरा अहिले तथा भविष्यमा हुने मुख्य अन्तर्विरोध बनिसकेको छ। यसो हुनाले एघारौं पञ्चवर्षीय योजनाका लक्ष्य तथा कार्यभारलाई पूराका पूरै साकार तुल्याउनका लागि नयाँ चुनौती पनि देखा परेका छन्।

               अझ राम्रोसँग अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना गर्नका लागि चीनले विकाससम्बन्धी समन्वयताको प्रवर्द्धन गर्नुपर्छ। श्री चाङ्ग फिङ्गका अनुसार, चीन सरकारले अनेकन् कदममार्फत् आत्म सिर्जनशील शक्तिलाई माथि उकास्ने योजना गरेको छ। तीमध्ये: महत्वपूर्ण वैज्ञानिक तथा प्राविधिक योजनाहरुको कार्यान्वयनलाई छिटो पार्ने, महत्वपूर्ण वैज्ञानिक तथा प्राविधिक आधारभूत प्रबन्धको निर्माणलाई मजबुत पार्ने विषयहरु पनि समावेश छन्। साथै स्रोत-साधनको किफायत गर्ने, उत्पादनको लागतको कटौती गर्ने र वातावरणीय प्रदूषण नियन्त्रण गर्ने कुरा व्यवसायहरुका लागि आवश्यक कुरा पनि हुन्। श्री चाङ्ग फिङ्ग यसरी भन्नुहुन्छ:

              निरन्तर रुपमा स्रोतको किफायत, फोहर वस्तुको निष्काशनको कटौती र वातावरणीय संरक्षणलाई समष्टिगत नियन्त्रणको महत्वपूर्ण लक्ष्य बनाउनुपर्छ। लगातार रुपमा महत्वपूर्ण क्षेत्रमा रहेको प्रदूषक तत्व नियन्त्रण गर्नुपर्छ। विशेषत: ग्रामीण क्षेत्रमा रहेको प्रदूषण नियन्त्रणलाई सबल पार्नुका साथै चक्रीय अर्थतन्त्रको विकासलाई प्रोत्साहन र समर्थन दिनुपर्छ। साथै मौसम परिवर्तनको सामना गर्ने क्षमतालाई पनि सबल पार्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040