china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनले नेपाल चीन सम्बन्धमा युवाहरुको भूमिका शीर्षकमा अन्तक्रिया गर्ने भएको छ
    (GMT+08:00) 2008-12-25 19:42:01    
           नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गलाई स्वागत गर्दै नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनले दुई देशबीचको मैत्री सम्बन्धमा युवा सहभागितलाई प्रोत्साहन गर्ने भएको छ । आगामी जनवरी 6 तारिख काठमाडौँमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरी दुई देशबीचको मैत्री सम्बन्धमा युवाको भूमिका खोजिन लागेको हो।

                नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनु भए अनुसार सबै राजनीतिक पार्टीका युवा संगठनका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराएर सो अन्तक्रियाको आयोजना गर्न लागिएको छ।

                एक महिना अगाडि मात्र नेपालका लागि राजदूत नियुक्त भएर आएपछि कोहोङ्गसँग नेपालका मुख्य राजनीतिक दलका युवा संगठनका प्रमुखहरुसँगको छलफल तथा अनुभव आदानप्रदानले दुरगामी प्रभाव छोड्‍ने हुनाले यस प्रकारको कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष पौडेलले बताउनुभयो । पौडेलका अनुसार नेपालको भूमि प्रयोग गरेर हुने चीन विरोधी गतिविधिलाई निस्तेज बनाउका लागि नेपाली युवा परिचालन अति आवश्यक छ। त्यसकारण दुई देशबीचको मैत्री सम्बन्धमा युवा सहभागिता तथा प्रतिनिधिमण्डलको आदानप्रदान गराएर संयुक्त कार्यक्रम ल्याउन आवश्यक छ।

                नेपाल सरकारले एक चीनको नीतिलाई स्वीकार गरी चीन बिरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरे पनि समय समयमा हुने चीन बिरोधी गतिविधिको सबै राजनीति दलका युवा संगठनहरुले बिरोध गरेमा जनस्तरबाट नेपाल र चीनबीचको मैत्री सम्बन्ध अझ मजबुत हुने एसोसिएसनले ठहर गरेको छ । सोही अनुसार दुई देशबीचको मैत्री सम्बन्धमा युवाहरुको भूमिकालाई प्रोत्साहन गर्ने तथा सहभागिता बढाउनका लागि नयाँ राजदूतसँग बसेर सँगै जाने बारेमा छलफल गर्नु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040