 हाम्रा सम्वाददाताले हिजो तिब्बतको ल्हासामा आयोजित तिब्बत स्वायत्त प्रदेशको विज्ञान तथा प्रविधि कार्य बैठकबाट पठाएको सूचनाअनुसार, सन् 2008 मा तिब्बतले विज्ञान तथा प्रविधि क्षेत्रमा गरेको लगानी लगाएको 18 करोड चिनियाँ युआन पुगेको छ।
तिब्बत स्वायत्त प्रदेशअन्तर्गत् विज्ञान तथा प्रविधि विभागका प्रमुख मा शङ्ग चेले विगत केही वर्षदेखि यता तिब्बत स्वायत्त प्रदेशले लगानी लगाएको वैज्ञानिक र प्राविधिक लगानी क्रमशःबढिरहेको कुरा बताउनुभयो। उहाँले वैज्ञानिक र प्राविधिक उपलब्धिले तिब्बतको आर्थिक विकास, किसान तथा पशुपालकको आम्दानी, विशेषतायुक्त व्यवसायको विकासका लागि योगदान दिएको कुरा बताउनुभयो।
|