china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको सैनिक कूटनैतिक कार्वाही दिनप्रतिदिन सक्रिय हुँदै
    (GMT+08:00) 2008-12-29 19:35:13    
             चीनमा सुधार तथा खुलापन लागू भएको तीस वर्षमा चिनियाँ जनमुक्ति सेनाले बैदेशिक सैन्य आदान-प्रदान तथा सहयोगलाई पनि अघि बढाउँदै आएको छ। हालसम्म चीनले विश्वका एक सय पचासवटा मुलुकसँग सैन्य सम्बन्ध स्थापित गरिसकेको छ र दर्जनौँ मुलुकसँग रक्षा तथा सुरक्षा सम्बन्धी छलफल गरिरहेको छ। हरेक वर्ष चीनमा आउनेजाने सैन्य प्रतिनिधि टोली सयवटा छन। यसै क्रममा चिनियाँ सेना पनि झन-झन पारदर्शी हुँदै गएको देखिन्छ। आजको कार्यक्रममा हामी चीनको सैनिक कूटनीतिबारे केही जानकारी लिन जाउँ ल।

             "चीन-रुस सैनिक तथा प्राविधिक सहयोग समितिको तेह्रौं सम्मेलनमा भाग लिन आउनुभएका रक्षा मन्त्रीको पहिलो चीन भ्रमणको स्वागत छ।"

               सन् 2008को डिसेम्बर एघार तारिखका दिन चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष हु चिन थाऊले पैचिङ्गस्थित जन बृहत सभा-भवनमा चीनको भ्रमणमा आउनुभएका रुसी रक्षामन्त्री अनाटोली सेर्दुकोभको स्वागत गर्दै उक्त कुरा भन्नुभएको हो। बितेका तीस वर्षमा चिनियाँ सेनाको सर्वोच्च नेतागणले बैदेशिक सैनिक आदान-प्रदान कार्यक्रममा प्रत्यक्ष रुपमा भाग लिन बारम्बार बढ्दै गएको छ। बितेका केही वर्षमा चिनियाँ जन मुक्ति सेनाका विभिन्न तहका प्रतिनिधि मण्डलले प्रतिवर्ष विदेशको भ्रमण गर्नुका साथै बहु मुलुकका रक्षा मन्त्री तथा चीफ अफ जनरल स्टाफले पनि चीनको बारम्बार भ्रमण गर्न आउनुभएको छ।

              उच्चस्तरिय सैनिक आदान-प्रदानलाई सबल पारिनुका साथै चिनियाँ जनमुक्ति सेनाका सिपाहीले पनि विदेशी सिपाहीसँग प्रत्यक्ष आदान-प्रदान गर्ने गरेका छन्। सैनिक अभ्यास यस्तो आदान-प्रदानको मुख्य बाटो हो जो सैनिक कूटनीतिको महत्वपर्ण भाग बनिसकेको छ।

              सन् 2002को अक्टोबर महिनामा चिनियाँ जनमुक्ति सेनाले पहिलो पटक विदेशी सेनासँगसँगै मिलेर संयुक्त सैन्य अभ्यास गर्‍यो। त्यसपछिका छ वर्षमा चीनले एघारवटा मुलुकसँग सोह्रपटक संयुक्त सैन्य अभ्यास गरेका छन। ती अभ्यासहरु केही चीनमा गरियो भने केही विदेशमा गरियो र केही साझा समुद्रमा गरियो।

               चालू वर्षको डिसेम्बरमा "हातमा हात मिलाऔं- 2008" चीन-भारत जल-सेनाबीचको आतंकबादविरोधी संयुक्त अभ्यास भारतको बेल्गाउममा सफलताका साथ आयोजना भयो। चिनियाँ जन मुक्ति सेनाका डेप्युटि चीफ अफ जनरल स्टाफ मा स्याउ थेनले अभ्यासको निरिक्षण गर्नुभएपछि यसरी भन्नुभयोः

            "चिनियाँ तथा भारतीय सेना बीच गहन रुपमा आदान-प्रदान गरिएर एकले अर्कासँग सिकेका छन र आपसी समझदारी तथा मित्रतालाई बढाइयो।"

              भारतको दक्षिण भागको सैनिक कमाण्डर टामबुराजले यसरी भन्नुभयोः

            "यस पटकको स‍युक्त अभ्यासबाट दुइटा सेनाको पेशागत स्तरलाई देखाइनुका साथै आतंकबाद धम्कीको सामना गर्दा दुइ पक्ष बीचको आपसी विश्वासको पनि स्थापना भयो। दुइ मुलुकले आतंकबादलाई प्रहार गर्न प्रयास गरिरहेका छन। यस पटकको संयुक्त अभ्यासबाट सैनिक क्षेत्रमा आतंकबादलाई संयुक्त रुपमा प्रहार गर्ने निर्णयलाई पनि देखाइएको छ।"

              चीनका प्राचीन विचारक कम्फ्यूसियसले यसरी भन्नुभएको थियोः

              टाढाबाट साथी आएको बेला खुसी लाग्छ। विदेश गएर संयुक्त सैनिक अभ्यास तथा तालिममा भाग लिनुका साथै चिनियाँ सेनाले विदेशी सैनिक पर्यपेक्षक तथा प्रतिनिधि मण्डललाई निमन्त्रणा दिँदै आएको छ।

             चीनको उक्त कार्वाहीबाट विदेशी सैनिक क्षेत्रले चिनियाँ सेनाले बाह्यसँग खुला गर्ने राम्रो सदिच्छाको व्यावहारिक अनुभव गरेको छ। बंगलादेशको सैनिक पर्यपेक्षक रेजा हासेनले यसबारे चर्चा गर्दै भन्नुभयोः

              "चीनले विदेशी सेनालाई सैनिक अभ्यास हेर्न निमन्त्रणा दिएको कार्य सराकात्मक संकेत हो। सैनिक क्षेत्रमा हुने सहयोगले आपसी सैनिक विचारको आदान-प्रदानका लागि राम्रो वातावरण सिर्जना गरी सैनिक तालिमको क्षमतालाई बढाउनुका साथै मुलुक-मुलुकबीचको मित्रतालाई पनि बढाउँछ।"

              चीन आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन केन्द्र अन्तर्गत सुरक्षा तथा रणनीति अध्ययन विभागका उप-प्रमुख काउ चु क्वीले ती संयुक्त सैनिक अभ्यासबारे चर्चा गर्दै भन्नुभयोः

              "ती अभ्यासहरुबाट हेर्दा चीनले खुला र आत्म-विश्वासी रुपमा अन्तर्राष्ट्रिय समाजसाग आदान-प्रदान गरिरहेको देखिन्छ। ती आदान-प्रदानहरुमार्फत आपसी समझदारी तथा विश्वासलाई बढाइयो र हामी र सम्पूर्ण अन्तर्राष्ट्रिय समाजसँगसँगै सुरक्षा तथा समस्याहरुको सामना गर्न सकिन्छ।"

              संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्वाहीमा भाग लिनु चीनको सैनिक कूटनीतिको अर्को महत्वपूर्ण भाग हो।

             प्राप्त तथ्याङ्क अनुसार, हालसम्म संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्वाहीमा भाग लिन चीनले आठ हजार जनालाई पठाइसकेको छ र हालसम्म संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य मुलुकहरुमध्ये सबभन्दा बढी शान्ति सेनालाई पठाएको मुलुक हो। यसका साथसाथै मुख्यतया चिनियाँ सेनाबाट गठित चीन अन्तर्राष्ट्रिय उद्धार टोलीले चौधवटा मुलुकलाई मानवीय उद्धार प्रदान गरेको छ।

             चीन रक्षा विश्वविद्यायका प्राध्यापक मङ स्याङ छिङले चीनको सैनिक कूटनीतिबारे चर्चा गर्दै भन्नुभयोः

             "खुला तथा वस्तुगत सैनिक कूटनीतिबाट चिनियाँ सेनाको शान्ति प्रेम तथा संरक्षण गर्ने राम्रा प्रारुपलाई प्रदर्शन गरिनुका साथै विश्वका विभिन्न मुलुकका सेनासँगको आदान-प्रदान एवम् सहयोगलाई गहन पारियो। यसमार्फत आपसमा संयुक्त विकासको पुल स्थापना गरियो। वास्तवमा चीनको सैनिक कूटनीतिको यस्तो व्यापक सहयोग तथा आदान-प्रदानले सुधार तथा खुलापनको वातावरण तथा नीतिबाट ठूलो फाइदा पाएको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040