china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल र चीनबीचको सम्बन्धमा मैत्री संस्थाहरुको प्रभावकारी भूमिका रहेको नेपालका लागि चिनियाँ राजदूतले बताउनु भएको छ
    (GMT+08:00) 2008-12-30 19:47:50    
            इतिहासदेखि नै अत्यन्त न्यानो रहेको नेपाल र चीनबीचको मैत्री सम्बन्ध जनस्तरसम्म फैलिएकाले दुवै देशका जनताबीचमा मैत्री र सद्भाव रहेको नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ । सिन्धुपाल्चोकको बार्हबीसेमा गत 27 तारिख शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राजखदूत कोहोङ्गले सो बिचार व्यक्त गर्नु भएको छ ।

             बार्हबीसेमा स्थापित नेपाल चीन समाजको उद्घाटन गर्दै चिनियाँ राजदूत कोहोङ्गले भन्नुभयो "नेपाल र चीन बीचको सम्बन्ध इतिहासदेखि नै अत्यन्त घनिष्ट रहेको छ । यी दुई देशबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउनमा नेपालमा क्रियाशील मैत्री संघसंस्थाले ठूलो काम गरिरहेका छन् ।" मैत्री संघसंस्था खोल्ने नेपाली व्यक्तिहरु चीनका असल साथी भएको बताउँदै उहाँले सो संस्थाको सफल भविष्यको कामना पनि गर्नुभयो । समाजको उद्घाटनपछि चिनियाँ राजदूत कोहोङ्गले उद्घाटित संस्थाका अध्यक्ष फौदसिंह थापाबाट संस्थाले अगाडि सारेका कार्यक्रमको जानकार लिँदै कार्यालयको अवलोकन पनि गर्नु भएको थियो ।

             आफू नेपालका लागि राजदूत नियुक्त भएर आएको एक महिनामात्र भएको स्मरण गराउँदै राजदूत कोहोङ्गले एक महिनामै धेरै कुरा देख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चीनले नेपाललाई दिँदै आएको सहयोगलाई क्रमश: बढाउँदै लागिने कुरा पनि दोहोर्याउनु भयो ।

             दुई देशबीचको मैत्री सम्बन्धमा कार्यरत मैत्री संघसंस्थाका गतिविधिलाई आफूले महत्व दिएको उल्लेख गर्दै आफू सँधै मैत्री संघसंस्थालाई सहयोग गर्न तत्पर रहेको पनि चिनियाँ राजदूत कोहोङ्गले बताउनुभयो ।

             काठमाडौँबाट शनिबार बिहान मात्र बार्हबीसे पुग्नु भएका चिनियाँ राजदूतको स्वागतमा स्थानीय कलाकारहरुले बाजागाजासहित स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय बुद्धिजिबी, राजनीतिकर्मी, स्थानीय प्रशासनका अधिकारीहरुको उपस्थिति थियो ।

             चेतनाथ आचार्य

            सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040