china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह सम्बन्धी विषयको पाँचौं भाग
    (GMT+08:00) 2008-12-30 18:23:35    

    रविजीः ध्रुवजी, उद्घाटन समारोहबाट चीनले के सन्देश दिन चाहेको जस्तो लाग्यो तपाईंलाई?

    ध्रुवः चीनले ओलम्पिकको आफ्नो एक मात्र सन्देश शान्ति र एकता भएको बताएको थियो । उद्घाटन कार्यक्रममा पनि यही सन्देश दिइएको आयोजक कमिटीअन्तर्गत उद्घाटन र समापन कार्यक्रम उपसमितिका निर्देशक झयाङ् हेपिङ् बताउनुभएको थियो । ओलम्पिक आयोजनाअघि केही आलोचक मुलुकहरूले पैचिङमा वायु प्रदूषण भएको र चीनमा मानव अधिकार नभएको जस्ता कपोकल्पीत आरोपहरु लगाएका थिए । तर आफै पैचिङ आएर प्रत्यक्षरुपमा उद्घाटन समारोह हेरेका विश्वका कुनै पनि नेता, खेलाडी वा दर्शकले यस्तो नकारात्मक कुराको उच्चारणसम्म पनि गरेनन् । चीनले पटकपटक शान्ति, सद्भाव, एकता र भाइचारालाई विशेष महत्त्व दिइरह्यो । ओलम्पिक सुरु हुनुभन्दा दुई दिनअघि चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाओले खेलकुदलाई राजनीतिबाट टाढा राखी खेल भावनाले मात्र हेर्न अनुरोध गर्नुभएको थियो । र, उद्घाटन समारोहपछि विश्वले पैचिङ ओलम्पिकलाई राजनीतिबाट टाढै राख्यो, जुन निकै सकरात्मक थियो भन्ने मलाई लाग्छ ।

    श्रोताहरु, ओलम्पिक आयोजनामा व्यस्त रहेको चीनले खेल सुरु हुनुभन्दा केही महिनाअगाडि महाभुकम्पको पीडा बेहोर्नुपरेको थियो । पैचिङ ओलम्पिकको उद्घाटन समारोहमा भूकम्पबाट पीडित स छ्वान प्रान्तमा रहेका लाखौँ जनतालाई सारा चीनले भित्री मनबाटै सम्झियो । महाभूकम्पका बाबजुद चिनियाँ जनताले देखाएको अदम्य साहसकै कारण ओलम्पिक आयोजना गर्न चीन सफल भएको हो भन्‍ने कुरामा कसैको दुई मत होला भन्ने मलाई लाग्‍दैन । चीनले स छुवान प्रान्तका जनताले ओलम्पिकलाई टेलिभिजनमार्फत् प्रत्यक्ष हेर्न पाऊन् भनेर एक सयभन्दा बढी स्थानमा ठूलठूला पर्दाको व्यवस्था गरेको थियो । त्यसमा ओलम्पिकको उद्घाटन समारोह हेरिहेको स छुवान प्रान्तका सर्वसाधाणको मुहार निकै उज्यालो देखिन्थ्यो ।

    रविजीः पैचिङ ओलम्पिकका लागि दिइएको एकै विश्व एकै सपना नाराको बारेमा तपाईंका केही विचार छन् कि?

    ध्रुवः हो, पैचिङ ओलम्पिकलाई एकै विश्व एकै सपना भन्ने नारा दिइएको थियो । 2 सय 4 मुलुक तथा क्षेत्रका सबै राष्ट्रिय तथा क्षेत्रीय टोलीका खेलाडीले भरिएको रंगशालाको मध्यभागमा उभिएर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष रोग्गेले चिनियाँहरुलाई लक्षित गरी "तपाईंहरूले यस ओलम्पिकलाई जुन नारा दिनुभयो, त्यो पूरा भएको छ -विश्व सबै एक ठाउँमा जम्मा भएको यही उदाहरण हो" भन्नुभयो । साँच्चै नै ओलम्पिक उद्घाटन समारोहमा उपस्थित विश्वका नेता, खेलाडी, खेलपदाधिकारी र दर्शकहरु प्रत्यक्षरुपमा बर्डनेष्टमै थिए भने आँखा झिमिक्क नपारिकन टेलिभिजनको पर्दामा प्रत्यक्ष प्रसारण हेरिरहेका विश्व समुदायले आफ्नो तन र मनलाई बर्डनेष्टमा नै पुर्याएका थिए । त्यसले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षको भनाइ सान्दर्भिक थियो र चीनले ओलम्पिकका लागि दिएको नारा पनि सही थियो भयो भन्ने मलाई लाग्छ ।

    श्रोताहरु, समय अभावका कारण उद्घाटन समारोहकै बारेमा मेरा डायरीमा समावेश भएका केही रोचक प्रशङ्गका अंशहरु आज पनि पूरा सुनाउन सकिएन । रविजी यसको बाँकी भाग हामी अर्को हप्ताको कार्यक्रममा लिएर आउलाँ, हुँदैन?

    रविजीः केही छैन ध्रुवजी, चार वर्षमा एक पटक आउने ओलम्पिकको बारेमा देखेका कुराहरुलाई एक वा दुई कार्यक्रममा कहाँ पूरा गर्न सकिन्छ त । यो कुरा त हाम्रा श्रोताहरुलाई पनि थाहा छ नी ।

    ध्रुवः त्यसो भए यसको बाँकी अंश हामी अर्को हप्ताको कार्यक्रममा समावेश गरौलाँ । तर आजको कार्यक्रमबाट बिदा माग्नुअघि तपाई‌लाई यो कार्यक्रम कस्तो लाग्यो ? सुझाव र प्रतिक्रिया लेखेर पठाउनका लागि हामी अनुरोध गर्छौँ ।

    रविजीः यसै अनुरोधका साथ आजको कार्यक्रमबाट हामी दुबै जनालाई बिदा दिनुहोस् । नमस्ते

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040