china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुधार तथा खुलापनसँगसँगै बढ्दै जाने चिनियाँ राजनैतिक पार्टीको कूटनीति
    (GMT+08:00) 2008-12-30 19:48:23    
             सुधार तथा खुलापन नीति लागू भएको तीस वर्षको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको बैदेशिक आदान-प्रदान पनि चिनियाँ विशेषतायुक्त राजनैतिक पार्टीको कूटनीतितिर गएर विचारधाराको फरकतालाई हटाइ मुलुक-मुलुक बीचको सम्बन्धको विकासलाई प्रवर्द्धन गरेर आर्थिक सहयोगदेखि मेलमिपयुक्त संसारको निर्माण गर्दै आएको छ। हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका एक सय छयसट्ठी वटा मुलुक तथा क्षेत्रका पाँच सय अठाइस वटा राजनैतिक पार्टी एवम् राजनैतिक संगठनसँग विभिन्न तरिकामार्फत मैत्रीपूर्ण आदान-प्रदान तथा सम्पर्क राखिरहेको छ। एउटा चौतर्फी, बहु बाटो, गहन तथा व्यापक राजनैतिक कूटनीति आधारभूत रुपमा बनिसकेको छ। अब सुनौ, हाम्रा रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

             सन् 2008को डिसेम्बर महिनाको शुरुआतमा भारतीय कम्युनिष्ट पार्टी माक्सबाद केन्द्रिय राजनैतिक व्यूरोका सदस्य सिताराम एचुरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत बैदेशिक सम्पर्कका पाहुनाको हैसियतले चीनको भ्रमण गर्नुभयो। यो उहाँले बितेका बीस वर्षमा चीनको भ्रमण गर्नुभएको दशौं पटक हो। उहाँ र चीन बीचको मित्रता दुइ प्याकेट पाण्डामार्काको चुरोटबाट शुरु भएको रहेछ।

           "सन् 1987मा मैले पहिलो पटक चीनको भ्रमण गरें। त्यति बेला म र हाम्रो पार्टीका महासचिव नाम्बुदीरिपादको साथमा गएको हुँ। कमरेड तङ स्याउ फिङले हामीलाई स्वागत गर्न एउटा दिवा भोज आयोजना गर्नुभएको थियो। दुइ घण्टासम्मको भोजमा श्री तङले पाण्डा मार्काको चुरोट खानुभएको थियो। पछि कोहीले भनेः श्री तङले खानुभएको चुरोट विशेष प्रविधिबाट बनाइएको हो र पाण्डा मार्काको चुरोट चीनको निकै प्रसिद्ध मार्का हो भन्ने कुरा थाहा भयो।"

            उक्त भ्रमणताका प्रतिनिधि मण्डलले तत्कालीन भारतीय प्रधान मन्त्री राजीव गान्धीले चीनको भ्रमण गर्ने प्रस्ताव पेश गर्‍यो। बीसौं शताब्दीको असी दशकको अवधिमा चीन-भारत बीच सिमा संघर्ष भएकोले आपसी सम्बन्ध बिग्रेको थियो। भारतीय प्रधान मन्त्रीले राजनैतिक पार्टी बीचको आदान-प्रदानमार्फत भारत-चीन सम्बन्धलाई सुधार गर्ने प्रस्ताव पठाउने विचार गर्नुभएको थियो। एक वर्षपछि अर्थात सन् 1988मा श्री तङले पैचिङ्गमा चीनको भ्रमणमा आउनुभएका भारतीय प्रधान मन्त्री राजीव गान्धीसँग भेट गर्नुभई आपसी सम्बन्ध बल्ल लचिलो बन्यो। यो पार्टी-पार्टी बीचको आदान-प्रदानमार्फत मुलुक-मुलुक बीचको सम्बन्धको विकासलाई प्रवर्द्धन पारिएको प्रमाण हो।

             बीसौं शताब्दीको असी दशकमा चिनियाँ कम्युनिष्ट पार्टीले फरक-फरक विचारहरुको बाधा हटाएर एकपछि अर्को गरी जापान, पर्चुगल, इटलीको समाजवादी पार्टी एवम् स्पेनको मजदूर समाजवादी पार्टी लगायत विकसित मुलुकका समाजवादी पार्टीहरुसँग सम्पर्क राख्यो। यसका अतिरिक्त, चिनियाँ कम्युनिष्ट पार्टीले एशिया तथा अफ्रीका एवम् ल्याटिन-अमेरिकाका विकासोन्मुख मुलुकका राष्ट्रका प्रजातन्त्रिक पार्टीसँग पनि आदान-प्रदान गर्न थाल्यो। बीसौं शताब्दीको असी दशकको अन्तसम्म चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका एक सय दश वटा मुलुकका दुइ सय सत्तरी वटा राजनैतिक पार्टीसँग विभिन्न तरिकामार्फत आदान-प्रदान गर्‍यो।

             बीसौं शताब्दीको नब्बे दशकको शुरुमा पूर्वी यूरोपमा ठूलो परिवर्तन भयो। अन्तर्राष्ट्रिय राजैतिक परिस्थितिको ठूलो परिवर्तनको सामना गरी चिनियाँ कम्युनिष्ट पार्टीले समाजवादी व्यवस्था तथा विचारको भिन्नतालाई पार गरी विभिन्न मुलुकका जनताको छनौटको सम्मान गरेर छिटो रुपमा विकास गर्ने नयाँ मौका समात्यो। सन् 1997सम्म चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका पाँच वटा महादेशका एक सय तीस वटा मुलुकका तीन सय वटा राजनैतिक पार्टीहरुसँग सम्पर्क तथा आदान-प्रदान गरिसकेको छ।

             मुलुक-मुलुक बीचको सम्बन्धलाई प्रवर्द्धन गर्नुबाहेक, चिनियाँ कम्युनिष्ट पार्टीको बैदेशिक आदान-प्रदान पनि आर्थिक सहयोगको क्षेत्रमा विस्तार भयो। जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापित नभएका मुलुकहरुका राजनैतिक पार्टीसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीले सक्रियताका साथ आदान-प्रदान गरी ती मुलुकका राजनीतिज्ञ तथा जनता बीचको आपसी समझदारी तथा मित्रतालाई बढाएको छ। सन् 2002मा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका एक सय चालिस वटा मुलुक तथा क्षेत्रका चार सय वटा राजनैतिक पार्टी तथा राजनैतिक संगठनसँग सम्पर्क तथा आदान-प्रदान कायम राखेको छ। एउटा चौतर्फी राजनैतिक कूटनैतिक स्थिति आधारभूत रुपमा बनिसकेको छ।

             नयाँ शताब्दी अर्थात एकाइसौं शताब्दी शुरु भएदेखि यता, विश्वका विभिन्न मुलुकका राजनैतिक पार्टीको सामु चिनियाँ कम्युनिष्ट पार्टी अझ खुला भयो। चिनियाँ कम्युनिष्ट पार्टी र अरु राजनैतिक पार्टीसँगको आदान-प्रदानमा सफल अनुभव आदान-प्रदान गरिनुका साथै खुला रुपमा आपसी मतभेदबारे पनि छलफल गरिन्छ। मुलुक-मुलुक बीचको सम्बन्धलाई अघि बढाउने नयाँ बाटो, देशको संचालन गर्ने तरिका एवम् अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्याको समाधान गर्ने उपायबारे पनि छलफल गरिन्छ।

             चालू वर्षको अन्तमा चीनमा सुधार तथा खुलापन नीति लागू भएको तीसौं वार्षिकोत्सव हो। गत नभेम्बर महिनाको अन्तमा उत्तरी अफ्रीकामा पर्ने अल्जेरियाको "शान्तिका लागि सोसाइटी आन्दोलन" प्रतिनिधि मण्डलले पहिलो पटक चीनको भ्रमण गर्‍यो। उक्त पार्टीका अध्यक्ष बोगुएरा सोल्थानीले आफ्नो भ्रमणबारे चर्चा गर्दै भन्नुभयोः

            "यस पटकको भ्रमणमार्फत चीनले अरु मुलुकको विकास अनुभवप्रति खुला अडान लिएर सिक्ने इच्छा व्यक्त गर्‍यो तर चीनले अरु मुलुकको अनुभवलाई जस्ताको-त्यस्तै अंगाल्दैन बरु आफ्नो विशेषता वमोजिम अरु मुलुकको अनुभव सिकेर चिनियाँ विशेषतायुक्त विकासको तरिका खोजेको रहेछ।"

             बितेका तीस वर्षमा चीनको राजनैतिक कूटनीति सुधार तथा खुलापन नीतिको कार्यन्वयनसँगसँगै गएर विशेषतायुक्त कूटनैतिक स्थिति बनाउनुछ।

             यसबारे चर्चा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति सम्पर्क विभागका प्रेस प्रवक्ता ली च्युनले भन्नुभयोः

           " हालसम्म हाम्रो पार्टीले विश्वका एक सय छयसट्ठी वटा मुलुक तथा क्षेत्रका पाँच सय अठाइस वटा राजनैतिक पार्टी तथा राजनैतिक संगठनसँग मैत्रीपूर्ण आदान-प्रदान तथा सम्पर्क राखिरहेको छ। विभिन्न मुलुकका मुख्य राजनैतिक पार्टी तथा पार्टीको अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय संगठनलाई लक्षित गरी बहु बाटोमार्फत व्यापक तथा गहन राजनैतिक कूटनीति बनिसकेको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040