 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा बोल्दै चीनको मुख्य भूमि तथा थाइवानले एकमात्र चीन भन्ने सिद्धान्तको आधारमा कुटनीतिक मामिलामा सम्बन्धित विषयबारे छलफल गर्नसकिने कुरा वताउनुभयो।
आज परराष्ट्रमन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आगामी वर्ष विश्व स्वास्थ्य सम्मेलनको पर्यवेक्षक मुलुक बन्ने आशा थाइवानले लिएको विषयमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै श्री छिन कांगले उक्त कुरा वताउनुभएको हो। उहाँले दुइ किनाराका दुवै पक्षले एक मात्र चीनको सिद्धान्तमा सम्बन्धित विषयबारे छलफल गर्नसक्ने छन् भन्दै संयुक्त प्रयास गरी छलफलमार्फत समस्याको समाधान गर्ने तरिका पाउनसक्ने आशा मुख्य भूमिले लिएको कुरा वताउनुभयो।
|