चीनको राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयका प्रमुख वाङ छनले आज पैचिङमा बोल्दै चीनले विदेशी पत्रकार तिब्बतमा अन्तर्वार्ता लिन स्वागत गर्नुका साथै आवश्यक सघाउ पुर्याउँने कुरा वताउनुभयो।
आज आयोजित पत्रकार सम्मेलनमा श्री वाङ छनले आगामी वर्षको मार्च महिना तिब्बतमा प्रजातन्त्र तथा सुधारको पचासौं वार्षिकोत्सव हो भन्दै विदेशी पत्रकार तिब्बतमा अन्तर्वार्ता लिन सम्बन्धित प्रतिबेदन दिएपछि राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयले सघाउ पुर्याउने कुरा वताउनुभयो।
श्री वाङ छनका अनुसार, विदेशी पत्रकारहरुलगायत् विदेशीहरुले तिब्बतमा प्रवेश गर्न स्थानीय सरकारको सम्बन्धित नियमको पालना गर्नुपर्ने कुरा पनि वताउनुभयो।
|