china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषदका पदाधिकारीहरुले नयाँ वर्ष 2009 को शुभकामना व्यक्त गरेका छन्
    (GMT+08:00) 2009-01-01 16:52:13    

             सि.आर.आई. नेपाली सेवा सुन्ने सम्पूर्ण श्रोता तथा श्रोता क्लबहरुको छाता सङ्गठन सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले नयाँ वर्ष 2009 को शुभकामना व्यक्त गरेको छ ।

             राष्ट्रिय परिषदका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले नयाँ वर्ष 2009 का अवसरमा सम्पूर्ण नेपाली श्रोताहरुमा खुश, शान्ति तथा संमृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले सदा झै नयाँ वर्षमा पनि नेपाली श्रोता र सि.आर.आई.बीचको सम्बन्ध अझै घनिष्ट हुँदै जावो भनेर मन्तव्य दिनु भएको छ ।

             राष्ट्रिय परिषदका उपाध्यक्ष लोकेन्द्र काफ्लेले नयाँ वर्ष 2009 मा नेपालमा चिनियाँ भाषा र संस्कृतिको थप विकास हुने आशा प्रकट गर्दै शुभकामना दिनु भएको छ । राष्ट्रिय परिषदका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेलले समयको गतिसँगसँगै नेपाली श्रोता र सि.आर.आई.बीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउँदै विश्व शान्तिमा रेडियो प्रसारणको भूमिका अझै गहन भएको बताउनु भएको छ ।

            यसैगरी राष्ट्रिय परिषदका सचिव दुर्गा घिमिरेले नयाँवर्षमा सि.आर.आई. सुन्ने श्रोता, श्रोता क्लबहरु तथा राष्ट्रिय परिषदबीचको सम्बन्ध अझै घनिष्ट हुने आशा प्रकट गर्नु भएको छ । समय अनुसार सि.आर.आई. का कार्यक्रमहरु अझै गुणस्तरी हुने तथा सञ्चालकहरुको अथक मिहिनेतले नेपाली श्रोताको मनमा अझै गाढा प्रभाव पर्ने पनि शुभकामना दिनु भएको छ ।

            राष्ट्रिय परिषदका संस्कृति विभागका प्रमुख मानबहादुर केसीले नयाँ वर्षमा सि.आर.आई.ले नेपालका थप एफ.एम.हरुमा लिङ्क गरी श्रोतालाई रेडियो सुन्न सजिलो बनाउने आशा प्रकट गर्नु भएको छ ।

            यसैगरी सि.आर.आई. माफत नयाँ वर्षको शुभकामना दिने राष्ट्रिय परिषदका पदाधिकारीहरुमा खेमराज सेडाइं, दिपक नेपाल, रमा शर्मा, लक्ष्मी लम्साल तथा कोषध्यक्ष गंगाप्रसाद शाह हुनुहुन्छ ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040