चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छि काङ्गले आज दुई तारिखका दिन पैचिङ्गमा बङ्गलादेशको आम निर्वाचनबारे पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै बङ्गगादेशमा सुचारु रुपमा चिर्वाचन गरिएकोमा चीनलाई खुशी लागेको बताउनुभएको छ।
उहाँको भनाइ अनुसार असल छिमेकीको हैसियतले चीनले दिलैदेखि बङ्गलादेशमा समाजको स्थिरता र आर्थिक विकासलाई कामय राख्ने आशा लिंदै आएको छ। त्यसैगरी बङ्गालादेशसित संगसंगै मिलेर चीन र बङ्गलादेश बीचको मैत्रीपूर्ण सहयोगको विकासलाई अघि सार्न चीन इच्छुक छ।
थाहा भएअनुसार बङ्गलादेशको नवौं संसदको निर्वाचन स्थगित भएको दुई वर्षपछि सन् 2008 अक्टोबर उनन्त्तीस तारिखका दिन आयोजित निर्वाचनमा भूतपूर्व प्रधान मन्त्री शेख हासिनाको नेतृत्वमा रहेको अवामी लीगले अत्यधिक विजय प्राप्त गरेको छ।
|