सन् 2008को बिदाइसँगै हाम्रा घरका भित्तामा टाँसिएको क्यालेण्डर परिवर्तन भएको छ। नयाँ वर्ष 2009 सुखद होस् भन्दै शुभकामना आदानप्रदान भइरहेका बेला गत वर्ष 2008 को समीक्षा पनि हुन थालेको छ।
विश्लेषकहरुका अनुसार सन् 2008 नेपाल र चीनबीचको मैत्री सम्बन्धमा महत्वपूर्ण छाप छोडेर हामीबाट बिदा भएको छ। 2008 को सुरुमै नेपालमा संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो। यो निर्वाचन सम्पन्न गराउनका लागि चिनियाँ सहयोगले मेरुदण्डको काम गरेको छ।
नेपालमा संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएजस्तै चीनमा विश्वकै ध्यान तान्ने 29औं ओलम्पिक खेलकूद प्रतियोगिता 2008मै सम्पन्न भयो। यो खेलकूद प्रतियोगितको उद्घाटन समारोहमा भाग लिनका लागि तत्कालीन शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपालले चीनको भ्रमण गर्नुभयो भने समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमण गर्नुभयो। संविधानसभाको निर्वाचनपछि गठित मन्त्रीपरिषदका प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण थियो। नेपालको प्रधानमन्त्री भएपछि पहिले भारत भ्रमणको नियमिततालाई क्रमभंग बनाउँदै प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गर्नुलाई अर्को महत्वपूर्ण पक्ष मानिएको छ।
त्यसपछि सूचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महरा तथा रक्षा मन्त्री बादलले चीनको भ्रमण गर्नुभयो भने चिनियाँ विदेश मन्त्री याङ्ग छेचीले नेपालको भ्रमण गर्नुभयो। नेपाल र चीनबीचको सीमा सम्बन्धी बैठक पनि यही वर्ष सफलतापूर्वक सम्पन्न भयो भने चिनियाँ जनमुत्ति सेनाका दुईवटा प्रतिनिधिमण्डलले नेपाल भ्रमण पनि यही वर्ष सम्पन्न गर्यो।
सन् 2008 मा नेपाल र चीनमा भएका ठूलाठूला प्राकृतिक विपत्तहिरुप्रति दु:ख प्रकट गर्दै अशल छिमेकी भएको नाताले दुवै देशले सहयोगको हात मिलाए। चीनमा गएको विनासकारी महाभूकम्प र बाढीबाट भएको क्षतिप्रति नेपालले समवेदना प्रकट गर्दै सहयोग गर्यो भने नेपालको कोशी नदीमा गएको क्षतिप्रति चीनले दु:ख प्रकट गर्दै सहयोग गर्ने वचनवद्धता व्यत्त गर्यो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|