china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल र चीनबीचको युवा आदानप्रदानमा स्थाइ संयन्त्रको विकास हुन लागेको नेपालकालागि चिनियाँ राजदूतले बताउनुभएको छ
    (GMT+08:00) 2009-01-08 19:22:01    

                        नेपाली युवाहरु चीनका असल मित्र भएको नेपालका लागि चिनियाँ राजदूत छ्वुकोहोङ्गले बताउनु भएको छ । हिजो साँझ काठमाडौमा आयोजित एक अन्तर्राष्ट्रिया कार्यक्रममा बोल्दै राजदूत कोहोङ्गले नेपाल र चीनबीचको मैत्री सम्बन्धमा युवाहरुलेकोशेढुङ्गाको काम गरेको औंल्याउनुभयो । नेपाल चाइना प्रmेण्डशीप युथ एसोसिएसनारा आयोजित 'नेपालका लागि चिनियाराजदूतको स्वागत तथा नेपाली युवा राजनीतिकहरुसँगको अन्तर्राष्ट्रिया कार्यक्रम'माविशेषा अतिथिका रुपमा बोल्दै चिनियाँ राजदूत कोहोङ्गले भन्नुभयो "अहिलेकायुवा भनेका भविष्यमा नेपाललाई नेतृत्व गर्ने नेताहरु हुन् । मलाई तपाईहरुजस्तायुवा नेतासँग बसेर कुरा गर्न पाउँदा खुशी लागेको छ ।"चिनियाँ राजदूत कोहोङ्गले नेपाललाई दिइँदै आएको सहयोगलाई विस्तार गर्दैलगिने प्रतिवद्धतासहित दुई देशबीचमा युवा आदानप्रदानका लागि स्थाइ संयन्त्र बनाउनलागिएको सूचित गर्नुभयो । उहाँले भन्नुभयो "चीनको भारत, पाकिस्तान, दक्षिणाकोरिया, जापान तथा मंगोलिया जस्ता मुलुकसँग युवा आदानप्रदानका बारेमा स्थाइसंयन्त्र स्थापित छ । अब नेपालमा पनि यस्तो संयन्त्र बनाउने प्रयासमा हामी छौँ । मेरैकार्यकालमा यस्तो संयन्त्रको विकास हुने कुरामा म आशावादी छु ।"कार्यक्रम आयोजक संस्था नेपाल चाइना प्रmेण्डशीप युथ एसोसिएसनका अध्यक्षा प्रकाशबाबुपौडेलले चीनबाट नेपाली युवाले धेरै सिक्नसक्ने बताउनुभयो । उहाँले चिनियाँराजदूत कोहोङ्गकै कार्यकालमा नेपाल र चीनबीचमा युवा आदानप्रदानको स्थाइसंयन्त्रको विकास हुने आशा प्रकट गर्दै नेपाली पक्षाबाट यस कार्यका लागि आफ्नोसंस्थाले सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपालमा प्रमुख पाँचवटा राजनीतिक पार्टीका युवा संगठनका प्रमुखहरुसहभागी रहेका थिए । नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेशीजनाधिकार फोरम र तराई मधेश लाकतान्त्रिक पार्टीका युवा संगठनका प्रमुखहरुलेनेपाल र चीनबीचको मैत्री सम्बन्धमा आफ्नो संगठनको धारणा चिनियाँ राजदूत समक्षाराखेका थिए ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040