china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा आउने साता तिब्बती फोटो प्रदर्शनी हुने भएको छ
    (GMT+08:00) 2009-01-09 17:59:33    

                      नेपालको उत्तरी सिमा जोडिएको चीनको स्वायत्त प्रदेश तिब्बतको यर्था झल्काउनेफोटो प्रदर्शनी हुने भएको छ । चिनियाँ दूताबासको संस्कृति विभागकोआयोजनामा आगामी सोमबारदेखि पाँचदिनसम्म फोटो प्रदर्शनी हुने भएको हो ।ववरमहलस्थित आर्ट काउन्सिलमा फोटो प्रदर्शनी गरिने चिनियाँ दूताबासको संस्कृतिविभागका प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.लाई बताउनु भयो । तिब्बतको प्राकृतिक सौन्दर्य, भौगोलिक बनावट, सामाजिक रहनसहन, तिब्बती जनताकोसांस्कृतिक गतिविधि जस्ता समग्र पक्षालाई फोटो प्रदर्शनीको मुख्य विषायवस्तुबनाइनेछ । 42जना ख्यातिप्राप्त चीनका तिब्बती फोटोग्राफरहरुले खिचेका विभिन्न एकसय 20 वटा फोटाहरु प्रदर्शनीमा राखिनेछन् ।चीनको स्वायत्त प्रदेश तिब्बत र नेपाल बीचमा थुपै्र समानता पाइन्छ । नेपाल र तिब्बतबीचको पर्यकटीय व्यवसाय तथा साझा सांस्कृतिक पक्षाले युगौदेखि एक अर्कामाभावनात्मक एकताको काम गर्दै आएका छन् । फोटो प्रदर्शनीले पनि नेपाल र चीनकोतिब्बतबीचको भावनात्मक मैत्री सम्बन्धलाई मुख्य विषायवस्तु बनाएको छ । नयाँ चीन स्थापना भएपछि तिब्बतले गरेका आर्थिक विकासलाई पनि फोटो प्रदर्शनीलेनेपाली जनतासामु उजागर गर्ने छ । चिनियाँ दूताबासको संस्कृति विभागकी प्रमुख तथाप्रथम सचिव युलीका अनुसार फोटो प्रदर्शनीले तिब्बती जनताको फेरिएको सामाजिकअवस्था तथा विज्ञान प्रविधिको विकासलाई यथार्थ रुपमा प्रष्टाउने छ ।तिब्बती सभ्यता र संस्कृतिलाई विश्वकै अनुपम सम्पदा मानिन्छ । यही सांस्कृतिकसम्पदालाई प्रदर्शनीमा राखिने एक सय 21 वटा तस्बिरले दर्शक तथा नेपाली जनमानसमातिब्बतको छाप पार्ने विश्वास गरिएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040