china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूतले नेपालका भौतिक योजना तथा निर्माण मन्त्रीसँगभेटवार्ता गर्नु भएको छ
    (GMT+08:00) 2009-01-12 19:34:57    
          नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गले भौतिक योजना तथा निर्माण मन्त्रीविजयकुमार गच्छादारसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । हिजो बिहीबार मन्त्रीगच्छादारको कार्यकक्ष सिंहदरवारमा चिनियाँ राजदूत कोहोङ्गले भेट गर्नु भएकोचिनियाँ दूताबासले सि.आर.आई.लाई बताएको छ ।भेटका अवसरमा दुवै नेताबीचमा दुई देशबीचको आपसी सहयोग तथा द्बिपक्षीय हितमाकुराकानी भएको कुरा चिनियाँ राजदूत कोहोङ्गका निजी सचिव लिले बताउनुभयो। भेटका क्रममा चीन सकारकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगको निरन्तरता रआगामी दिनमा नेपालको शान्तिप्रक्रियालाई निर्यायक बनाउन चीनले पुर्‍याउनेसहयोगका बारेमा दुवै नेताबीचमा छलफल भएको छ।

          चिनियाँ राजदूत कोहोङ्गलेदलहरुबीचको सहकार्य लगायतका विषयमा जिज्ञासा मन्त्री गच्छादारसँग राख्नु भएको थियो। द्बन्द्बकालमा ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माण गर्नका लागि चिनियाँ सहयोगआवश्यक रहेको मन्त्री गच्छादारले चिनियाँ राजदूत कोहोङ्ग समक्ष राख्ता चिनियाँराजदूतले सकारात्मक प्रतिक्रिया दिनु भएको मन्त्रालयले जनाएको छ। यसैबीच आज साँझ चीनको इन्स्टिच्युट अफ एसिया प्यासिफिक स्टडिजका निर्देशकप्राध्यापक चाङ्ग युयानको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।

          चीन अध्ययन कैन्द्रको निमन्त्रणामा आउन लागेको सो प्रतिनिधिमण्डलको भ्रमणकोउद्देश्य द्बिपक्षीय प्राज्ञिक सहयोग आदानप्रदान गर्नु रहेको केन्द्रले जनाएको छ। नेपाल भ्रमणमा आउन लागेको सो प्रतिनिधिमण्डलले नेपाल भ्रमणका क्रममा प्राज्ञिकक्षका साथै योजना, राजनीतिक र परराष्ट्र मामलाहरुसँग सम्बन्धित सरकारी रगैरसरकारी क्षेत्रसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम रहको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040