नेपाल सरकार सधैँ एक चीनको नीतिमा स्पष्ट रुपले लागेको सूचना तथा सञ्चार मन्त्री कृष्णाबहादुर महराले बताउनु भएको छ। आज काठमाडौँमा चीनको तिब्बती दोस्रोफोटोग्राफी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री महराले सो बिचार व्यक्त गर्नु भएको हो।
नेपाल र चीनबीचको सम्बन्ध युगौँ पुरानो रहेको भन्दै मन्त्री महराले चीनकोआर्थिक क्रान्तिबाट नेपालले पनि धेरै कुरा सिक्ने बताउनुभयो। नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी एक चीनको नीतिमा स्पष्ट रहेकोबताउँदै मन्त्री महराले भन्नुभयो "परापूर्वदेखि नै तिब्बत चीनको अभिन्न भूभाग होर अहिले पनि यो चीनकै अधिनमा छ। नेपालको भूमि प्रयोग गरेर कथित स्वतन्त्रतिब्बतको नारा लगाउँदै चीन बिरोधी गतिविधि गर्न पाइन्न। सरकार त्यस प्रकारकागतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न तयार छ।"फोटो प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गलेदुई देशबीचको मित्रतालाई फोटो प्रदर्शनीले अझै फराकिलो बनाएको बिचारव्यक्त गर्नुभयो।
चिनियाँ राजदूत कोहोङ्गले भन्नुभयो "फोटो प्रदर्शनीलेनेपालीहरुलाई चीनको तिब्बतको बारेमा जानकारी दिने प्रयास गर्नेछ।" नेपालीजनता चीनका सच्चा मित्र भएको बताउँदै राजदूत कोहोङ्गले भन्नुभयो "तिब्बतकोफेरिएको रुप र सांस्कृतिक जगेर्नालाई तपाईंहरु फोटो प्रदर्शनीमा हेर्नसक्नुहुन्छ।"तिब्बती साहित्य तथा कला वृत्त संघका उपाध्यक्ष वाङ्ग स्याम्पेङ्गले तिब्बतले विश्वलाई नैआश्चर्यचकित बनाउने गरी विकास गरेको बताउनुभयो। उहाँले तीस वर्षमा चीनकातिब्बती जनताको धार्मिक स्वतन्त्रता र सांस्कृतिक मान्यताको पूर्ण ग्यारेन्टी भएकोतथा सामाजिक अवस्था माथि उठेको बताउँदै भन्नुभयो "चीनका तिब्बती जनता सुन्दर रधनी छन्। तपाईंहरु उनीहरुको अनुहारबाट तिब्बत चिहाउन सक्नुहुन्छ।"ववरमहलको आर्ट काउन्सिलमा आज सुरु भएको फोटो प्रदर्शनी आगामी पाँचदिनसम्मसञ्चालन हुनेछ। प्रदर्शनीमा 42 जना ख्यातिप्राप्त चिनियाँ तिब्बतीहरुका एक सय 21 वटाफोटोहरु राखिएका छन्।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|