चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले राष्ट्र संघीय सुरक्षा परिषदको 1860 औँ नम्बरको निर्णय-प्रस्तावलाई इजरेल र प्यालेष्टाइनले हालसम्म पनि व्यवहारमा नउतारेकोमा चीन चिन्तित बनेको कुरा व्यक्त गर्नुभएको छ। उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।
पत्रकार सम्मेलनमा उहाँले इजरेल तथा प्यालेष्टाइनका सम्बन्धित पार्टीहरुले उक्त निर्णय-प्रस्तावलाई व्यवहारमा उतारी तुरुन्तै युद्धविराम गर्न चीनले ताकिता तुल्याएको कुरा बताउनुभएको छ। साथै उहाँले इजरेलले गाजा क्षेत्रबाट हटी गाजा क्षेत्रमा भएको मानवीय संकटलाई लचिलो पार्नुपर्ने आग्रह गर्नुभएको छ। चीनले इजिप्टलगायत पक्षहरुको मध्यस्थताको समर्थन गर्दै प्यालेष्टाइनलाई जरुरी मानवीय उद्धार गर्ने विचार चीनले लिएको कुरा प्रवक्ता च्याङले प्रकट गर्नुभएको छ।
उहाँले जानकारी दिनुभएअनुसार, मध्य-पूर्वको भ्रमणमा रहनुभएका चीनका मध्य-पूर्व समस्या विशेष दूत सुन पी कानले इजिप्टका विदेशमन्त्री, अरब लीगका महासचिवलगायत् सम्बन्धित पक्षसँग सक्रियताका साथ छलफल गरिरहनुभएको छ। चिनियाँ विशेष दूतले प्यालेष्टाइन तथा इजरेलको भ्रमण गर्नुहुने योजना छ।
|