चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज तेह्र तारिखका दिन पैचिङ्गमा बोल्दै थाइवानी देशबन्धुका जहाजहरु चीनको मुख्य भूमिका सैनिक जहाजहरुव्दारा संरक्षण गरिएको कुरा बताउनुभएको छ।
उहाँको भनाइअनुसार संयुक्त राष्ट्र संघको सम्बन्धित निर्णय-प्रस्ताव र सोमाली अन्तरिम सरकारको स्वीकारका अनुसार चीन सरकारले सम्बन्धित समुद्रमा जहाजहरुको संरक्षण गर्न त्यहाँ आफ्ना सैनिक जहाजहरुलाई पठाएको छ। यही क्रममा थाइवानी देशबन्धुका जहाजहरु चिनियाँ सैनिक जहाजहरुव्दारा संरक्षण गरिँदै आएको कुरा बताउनुभएको छ।
थाहा भएअनुसार चिनियाँ सैनिक जहाजहरुले स्थानीय समयअनुसार बाह्र तारिख छ बजेतिर थाइवानको " यु शान " नामको जहाजलगायत चारवटा जहाजहरुको संरक्षण गर्न थालेका छन्।
|