china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनाउन तयाररहेको नेपालका अर्थमन्त्रीले बताउनु भएको छ
    (GMT+08:00) 2009-01-14 19:29:11    

          अर्थमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ उद्यमीलाई नेपालमा लगानी गर्न आव्हानगर्नुभएको छ। अर्थमन्त्री भट्टराईले लगानी प्रवर्द्धनका लागि लगानी मैत्री वातावरणबनाउने प्रतिवद्धता पनि चिनियाँ उद्योगीसँग गर्नुभएको छ।

          नेपाल उद्योग वाणिज्य महासंघले गत आइतबार काठमाडौँमा आयोजना गरेको चिनियाँलगानीकर्तासँगको गोलमेच सम्मेलनमा अर्थमन्त्री भट्टराईले चिनियाँ नागरिकका लागिभिसा प्रक्रिया सरल बनाइने बताउनुभयो। अर्थमन्त्री भट्टराईसँग चिनियाँ लगानीकर्तालेभिसा सम्बन्धी समस्या भएको तथा नेपालमा भइरहेका बन्द, हड्‍तालले समस्या सिर्जनागरेको गुनासो गरेका थिए।

           चिनियाँ उद्यमीहरुको जिज्ञासा र गुनासोको प्रतिउत्तरमा अर्थमन्त्री भट्टराईले औद्योगिक, यातायात, शैक्षिक र स्वास्थ्य क्षेत्रमा हुने बन्द, हड्‍ताल अन्त्य गरी विशेषकानुन ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले नेपालको पर्यटनप्रवर्द्धन गरिने र त्यसको पूर्वाधारमा चिनियाँ पक्षले लगानी गर्नुपर्ने बताउनुभयो ।चिनियाँ उद्योगीलाई अर्थमन्त्री डा. भट्टराईले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नसमेत आग्रह गर्नुभयो ।

          विगत दुईवर्षदेखि नेपालको जलविद्युत क्षेत्रमा चिनियाँलगानीको संभाव्यता अध्ययन भइरहेको छ।सो कार्यक्रममा नेपालमा लगानी गरिहेका चिनियाँ उद्योगीले भन्सार महसुल, विभिन्नक्षेत्रमा लिइने कर, बन्द, हड्‍ताल, भिसासम्बन्धी समस्या र भुक्तानीमा समस्या भइरहेकोबताएका थिए।

          नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र वरिष्ठ उपाध्यक्ष सुरजवैद्यले पर्यटन, जलश्रोत एवं कृषि क्षेत्रमा चिनियाँ लगानी आकर्षण गर्न सकिनेबताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040