नेपालको राजनीतिक विकास तथा शान्ति प्रक्रियाबाट चीनले सन्तोष प्रकट गरेकोनेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ।
हिजोकाठमाडौँमा आयोजित स्वागत कार्यक्रममा राजदूत कोहोङ्गले भन्नुभयो "स्थिरराजनीतिक प्रणाली र शान्ति प्रक्रियाले विकासको गति अगाडि बढाउन सक्छ भन्ने हामीलेविश्वास गरेका छौं।
"नेपाल कम्युनिष्ट पार्टी माओवादीको विदेश विभागले आयोजना गरेको चिनियाँराजदूत कोहोङ्गको स्वागत कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो "नेपाल रचीनबीचको युगौँको सम्बन्ध एक अर्कामा रहेको समझदारीपूर्ण वातावरणमा आधारितछ । नेपालका राजनीतिक पार्टी र नेपाली जनताले एक चीनको नीतिलाई पूरा समर्थनगरेका छन्।
"नेपाललाई प्राप्त हुँदै आएको चियिनाँ सहयोगलाई निरन्तरता दिइने र बढाउँदैलगिने बताउँदै चिनियाँ राजदूत कोहोङ्गले नेयाँ संविधान निर्माण प्रक्रियामा पनिसहयोग गर्न चीन तयार रहेको बताउनुभयो।
स्वागत कार्यक्रमम बोल्दै नेकपा माओवादीका विदेश विभागका अध्यक्ष वेदजङ्गबझाङ्गीले चीन नेपालको अशल छिमेकी मित्रराष्ट्र भएको बताउनुभयो। उहाँलेनेकपा माओवादीले चिनियाँ कम्युनिष्ट पार्टी र यसका भातृ संगठनहरुसँग भाइचारासम्बन्ध स्थापना गर्न प्रयास गरिरहेको बताउनुभयो। नेकपा माओवादीले नेतृत्व गरेको सरकार गठन भएपछि चीनसँगको सम्बन्धमा विशेषमहत्व दिएको अध्यक्ष वझाङ्गीले सो अवसरमा प्रष्ट पार्नुभयो ।
नेपालको भूमिप्रयोग गरेर भइरहेको चीन विरोधी गतिविधिलाई औल्याउँदै उहाँले विदेशीकोउक्साहटमा कथित स्वतन्त्र तिब्बतको कार्यक्रम भइरहेको बताउँदै त्यस्ता कार्यक्रमको डटेरविरोध गरिने बताउनुभयो। उहाँले भन्नुभयो "नेपालको भूमि प्रयोग गरेर कुनैपनि छिमेकी मित्रराष्ट्र विरोधी गतिविधि सञ्चालन गर्न पाइन्न। सरकारले त्यस्तागतिविधिलाई पूर्ण नियन्त्रण गर्नुपर्छ।"
सो स्वागत कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गको कार्यकालकोसफलताको कामना गर्दै उहाँलाई खादा र पुष्पगुच्छा अर्पण गरिएको थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|