चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज चीन-यूरोपेली संघ चौथो रणनैतिक वार्ता यसै महिनाको 19 तारिखका दिन पैचिंगमा आयोजना हुने कुरा बताउनुभयो।
श्रीमती च्याङ्ग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सममेलनमा उक्त कुरा बताउनुभएको हो।
श्रीमती युले यूरोपेली संघको वर्तमान अध्यक्ष-मुलुक चेकका उप विदेश मन्त्री तोमास पोज्यारले यूरोपेली संघको वर्तमान अध्यक्ष-मुलुक, यूरोपेली संघ र यूरोपेली संघकJ भावी अध्यक्ष-मुलुकको नेतृत्व गरी चीनका उप विदेशमन्त्री लि व्हैसँग उक्त वार्ताको अध्यक्षता गर्नुहुने, दुई पक्षले चीन र यूरोपेली संघबीचको सम्बन्ध र साझा अभिरुचि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा बताउनुभयो।
यसका साथै श्रीमती च्याङ्गले चीनले उक्त वार्तामार्फत दुई पक्षले आपसी विश्वासलाई बढाउने, सहमतिलाई विस्तार गर्ने तथा सहयोगलाई सबल पार्ने आशा लिएको कुरा बताउनुभयो।
|