नेपाल भ्रमणमा आएको चिनियाँ प्राज्ञिक प्रतिनिधिमण्डलले विभिन्न क्षेत्रकावुद्धिजिबीहरुसँग भेटघाट गरेको छ। चीन अध्ययन केन्द्रको निमन्त्रणामा नपालको पाँचदिने भ्रमणमा आएको वौद्धिक प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका विदेश विभागप्रमुख, राष्टि्रय योजना आयोग र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग भेटेरविकास योजना बारे छलफल गरेको छ। चाइनिज एकेडेमी अफ सोसियल साइन्सको सोचिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चाइनिज इन्स्टिच्युट अफ एसिया प्यासिफिकस्टडिजका निर्देशक प्राध्यापक चाङ्ग युयानले गर्नुभएको थियो।
चिनियाँ प्रतिनिधिमण्डलले गत सोमबार राष्टि्रय योजना आयोगका सचिव जनकराजजोशी लगायत वौद्धिक कुटनीतिक व्यक्तिसँग छलफल गरेको थियो। नेपालको सामाजिक,आर्थिक अवस्थाको अध्ययन गर्ने उद्देश्यले नेपाल आएको सो प्रतिनिधिमण्डलको सम्मानमाविश्व सम्बन्ध परिषदले अन्तक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो । परिषदलेयो वौद्धिक प्रतिनिधिमण्डलको भ्रमण दुई देशका जनताको सम्बन्ध विस्तार गर्नयोगदान पुर्याएको छ।
अन्तक्रियामा प्रतिनिधिमण्डलका नता प्राध्यापक युयानलेवौद्धिक क्षेत्रको भ्रमण आदानप्रदानले दुवै देशका जनताको सामूहिक हित प्रवर्द्धनमायोगदान पुग्ने बताउनुभयो। चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतमकाअनुसार अहिलेसम्म चीनको वौद्धिक क्षेत्र र नेपालको राष्टि्रय योजना आयोगबीचयोजनाको सामाजिक आर्थिक विकाससँगको सम्बन्धबारे छलफल भएको थिएन।
यो भ्रमणका विभिन्न क्षेत्रका अधिकारीसँग सम्बन्धित विषयर्म केन्दि्रत भएर छलफल भए। उहाँले तीब्र आर्थिक विकास गरेको चीनको वौद्धिक क्षेत्रको अनुभवबाट नेपालले पनिमहत्वपूर्ण सहयोग लिनसक्ने बताउनुभयो ।नेपालको अशल छिमेकी मुलुक चीनको प्राज्ञिक प्रतिनिधिमण्डलले नेपाल र चीनबीचपरम्परागत सहयोगका क्षेत्र तथा योजना निर्माणका क्षेत्रमा प्राज्ञिक सहयोग सम्बन्धविस्तार गर्न सकिने भ्रमण अनुभवबाट व्यक्त गरेको छ। नेपाल भ्रमणमा आएकोचिनियाँ प्राज्ञिक प्रतिनिधिमण्डलमा आर्थिक, सामाजिक, कुटनीतिक, राजनीतिक रसुरक्षासम्बन्धी विज्ञ सहभागी हुनुहुन्थ्यो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|