चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धित पक्षाले अन्तर्राष्ट्रिय कानून र नियमबमोजिम गुआन्टानामो जेलको समस्याको समुचित समाधान गर्ने चीनको आशा प्रकट गर्नुभएको छ।
अमेरिकाको सञ्चार माध्यमले जनाएअनुसार अमेरिकी राष्ट्रपति ओबामाले आज एउटा पत्रमा हस्ताक्षर गरी आउने एक वर्षभित्र गुआन्टानामो जेललाई बन्द गरी आतंककारी शंकास्पद अपराधीको सुनुवाई पनि अन्त्य गर्ने आदेश दिनुभएको छ। प्रवक्ता च्यांग युले आजको पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले गुआन्टानामो जेलमा थुनिएको चिनियाँ शंकास्पद अपराधीको समाधान गर्ने जिम्मा चीनलाई दिनुपर्ने कुरामा पनि जोड दिनुभएको छ।
|