चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमति च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले प्यालेष्टाइन र इजरेलले निरन्तर प्रयास गरी युद्ध-विरामलाई कायम राख्ने आशा गरेको कुरा बताउनुभयो ।
गाजा क्षेत्रबाट इजरेलले आफ्नो सेनालाई फिर्ता गरेको विषयबारे सोधिएको प्रश्नको उत्तरमा च्यांग युले यसबाट प्यालेष्टाइन र इजरेलको परिस्थिति अरु बढी रुपमा साम्य हुन मदत मिल्ने कुरा बताउनुभयो । उहांका अनुसार चीनले सम्बन्धित पक्षले सुरक्षा परिषद्को 1860 नम्बरको निर्णय प्रस्तावको सर्वतोमुखी रुपमा पालना गरी गाजा क्षेत्रको स्थिरता र पुनर्निर्माणलाई प्रबर्द्धन गर्ने आशा गरेको छ ।
स्थानीय समय अनुसार एकाइस तारीख बिहान सबेरै इजरेलको अन्तिम सैनिक गाजा क्षेत्रबाट फिर्ता गरिएको छ ।
|