चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै फ्रान्सले नराम्रो असरलाई मेटाउन वास्तविक कदम चालेर चीन-फ्रान्स सम्बन्धलाई पुनः स्वस्थ विकासको बाटोमा पुर्याउनका लागि सक्रियताका साथ प्रयास गर्न सक्ने चीनको आशा प्रकट गर्नुभएको छ।
गत डिसेम्बर छ तारिखका दिन फ्रान्सका राष्ट्रपति एबँ युरोपेली संघका तत्कलिन अध्यक्ष सार्कोजीले चीनको अडानको बास्ता नगरी पोल्याण्डमा चौधौं दलाईसित भेट गर्नुभएको थियो। यसबाट चीन-फ्रान्स सम्बन्धमा ठूलो नोक्सानी पुर्याइएको छ।
यस वर्ष चीन र फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको पैंतालिसौं वार्षिकोत्सव हो। प्रवक्ता च्यांग युका अनुसार यस उपलक्ष्यमा चित्र प्रदर्शनी, गोष्ठी र समारोह आदि स्मृति कार्यक्रमको आयोजना गरिने योजना रहेको छ।
|