 रवि जी, त्यसैदिन बिहान बाहिरी वातावरण बुझ्न म मेरो रनमिन विश्व विद्यालयबाट बाहिर निस्कदै थिएँ । विश्व विद्यालयको हुलाक कार्यालयमा युवायुवतीको लामो लाइन लागेको देखेँ । घन्टौं लाइन लागेर उनीहरूले बल्लतल्ल हुलाक टिकट, पोस्टकार्ड, खामजस्ता सामग्री किन्न पाएका थिए । मैले हुलाक कार्यलयको भित्रै गएपछि मात्रै थाहा पाए ती सामग्रीहरुमा हुलाक कर्मचारी 2008 साल 8 महिना 8 तारिखको टाँचा मार्नमा ब्यस्त थिए ।
ओलम्पक उद्घाटनको दिन दिउँसो चीनका राष्ट्राध्यक्ष हु चिन थाओले अतिथि देशहरूका राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई दिवाभोजमा स्वागत गर्नुभयो र त्यो ओलम्पिक चीनका लागि मात्र नभइ समस्त विश्वका लागि अवसर भएको विचार व्यक्त गर्नुभएको थियो । विभिन्न देश, जातीय समूह र सांस्कृतिक पृष्ठभूमिलाई ओलम्पिक अभियानले एकसाथ उभ्याएर आपसी समझदारी र मित्रता बढाउन र अन्ततः शान्ति र विकासको सत् उद्देश्यमा उल्लेखनीय योगदान पुर्याएको पनि उहाँले बताउनुभएको थियो । उहाँको कुरालाई सबैले सकरात्मक रुपमा लिएको मैले पाएँ । राष्ट्रपति हुले विश्वका यति धेरै पाहुनाहरूलाई स्वागत गर्नुभएको मेरो विचारमा सायद यो पहिलो अवसर थियो । यो राष्ट्राध्यक्ष हुको लागि मात्रै नभएर चीनकै लागि एउटा राम्रो अवसर थियो भन्ने मलाई लाग्छ ।

श्रोताहरु, पैचिङ ओलम्पिकमा यहाँ रहेको केन्द्रीय अन्तर्राष्ट्रिय विमानस्थल इतिहासमै व्यस्त रह्यो । ओलम्पिक सुरु हुनुभन्दा एक दिनअगाडि एकै दिन १ हजार ३ सयवटा उडानहरु भए । तीमध्ये ३ सयवटा उडान त ओलम्पिकसँग सम्बन्धित थिए । त्यसको भोलिपल्ट पनि अति विशिष्ट पाहुना, खेलाडी तथा खेलअधिकारीका चार्टर्ड र विजनेस गरी थप १ सयवटा जेट विमान पैचिङ आए ।
रविजीः- ध्रुवजी, मैले तपाईंको कुरा बीचमा नै काटेँ । हामी स्टुडियो छिर्नुअघि तपाईंले मसँग पैचिङ ओलम्पिकमा राजनीतिक परिवारको भेटघाट भएको कुरा उल्लेख गर्नुभएको थियो, हाम्रो श्रोताहरुलाई पनि जानकारी दिने कि यस बारेमा?
ध्रुवः- हो रविजी । पैचिङ ओलम्पिक खेलाडीहरू र दर्शकहरु भेट्ने थलो मात्र रहेन । अझ विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीहरूबीच द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता र भलाकुसारी हुने अवसरमा मात्र पनि सिमित रहेन । ओलम्पिक उद्घाटन समारोहअघि दुई देशका राजनीतिक परिवारहरूबीच पारिवारिक भेटघाट पनि भयो । दक्षिण एसियाका दुई महत्त्वपूर्ण राजनीतिक परिवार भारतका गान्धी र पाकिस्तानका भुट्टोबीच भएको पारिवारिक भेटघाटमा भारतीय कंग्रेस आई अध्यक्ष सोनिया गान्धी र महामन्त्री तथा उहाँका छोरा राहुलले पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष विलावल भुट्टो जर्दारी र स्वर्गीय बेनजिरका दुई छोरी बख्तवर र असफा संलग्न हुनुहुन्थ्यो । भेटघाटमा सामेल भारतीय विदेश राज्यमन्त्री आनन्द शर्माले त्यसलाई गान्धी र भुट्टो परिवारबीचको पारिवारिक भेटघाट भन्ने प्रतिक्रिया दिनुभएको थियो । जसमा सोनियाले भुट्टो युवाहरूलाई उहाँहरुकी आमा बेनजिरको केही महिनाअघि भएको हत्याप्रति समवेदना दिनुभएको थियो । त्यति मात्रै होइन विश्व नेताहरूले ओलम्पिकलाई पारिवारिक जमघटको अवसर बनाएको अर्को उदाहरण देख्न पाइयो । अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको परिवारका पाँच जना एकसाथ पैचिङ आइपुगेका थिए । श्रीमतीबाहेक उहाँका पिता तथा पूर्व राष्ट्रपति जर्ज बुस र एक एक जना बहिनी र भाइ पनि हुनुहुन्थ्यो । जुन ओलम्पिकको आकर्षणको केन्द्रविन्दु पनि बनेको जस्तो मलाई लाग्छ ।

रविजीः हवस्त श्रोताहरु तपाईंहरुसँग भलाकुसारी गर्ने मन हुँदाहुँदै पनि हाम्रो कार्यक्रमको निर्धारित समय सकिनै लागेको छ । त्यसैले हामीलाई बिदा माग्न कर नै लाग्छ ।
ध्रुवः अर्को हप्ता नयाँ विषयका कुरा गरौलाँ नी रविजी ।
रविजीः हुन्छ । आजको कार्यक्रमबाट हामी दुबै जनालाई बिदा दिनुहोस् । नमस्ते ।
|