मधेशी जनाधिकार फोरमको निमन्त्रणामा नेपालको भ्रमणमा आउनु भएका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका महानिर्देशक आइपिङ्गले नेपाल चीन मैत्री सम्बन्धमा कार्यरत विभिन्न संघसंस्थाहरुका प्रमुखहरुसँग भेट गर्नु भएको छ।
एक साता अगाडि फोरमको महाअधिवेशमा चिनियाँ कम्युनिष्ट पार्टीको तफबाट शुभकामना दिन नेपाल आउनु भएका चिनियाँ नेता आइ पिङ्गले नेपालका राजनीतिक नेताहरुसँग भेटगरी दुई पक्षीय छलफल गर्नु भएको थियो। नेपाल भ्रमणका समयमा उहाँले राजनीतिक नेता बाहेक दुई देशबीचमा सक्रिय रहेका मैत्री संघका प्रमुखहरुसँग पनि भेट गरी नेपाल र चीनबीचको मैत्री सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता आइपिङ्गको सम्मानमा नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन, अरनिको समाज, नेपाल हिमालय सिमापार वाणिज्य संघ लगायतका संघसंस्थाले संयुक्त रुपमा रात्रिभोजको आयोजना गरेका थिए। नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले सि.आर.आई.लाई बताउनु भए अनुसार चिनियाँ नेताले नेपालमा त्रिmयाशील नेपाल चीन मैत्री संघहरुको भूमिकालाई उच्च मूल्याÍन गर्नु भएको छ।
काठमाडौँमा आयोजित सो कार्यक्रममा नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउनका लागि मैत्री संघसंस्थाले निर्वाह गरिरहेको भूमिकाको चिनियाँ नेता आइपिङ्गले प्रसंशा गर्नुभएको थियो। उहाँले दुई देशबीचको युगौ पुरानो सम्बन्धमा प्रकृति, संस्कृति, आर्थिक, पर्यटन सबैको उत्तिकै भूमिका रहेको पनि बताउनुभयो।
सो रात्रिभोज कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेल, समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह तथा वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा बोल्नु भएको थियो।
त्यसैगरी चिनियाँ नेता आइपिङ्गको सम्मानमा चीन अध्ययन केन्द्रले पनि रात्रिभोजको आयोजना गरेको थियो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|