china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सहयोगबाट काठमाडौँमा निर्मित निजामित सेवा अस्पतालले यही महिनाभित्रसेवा प्रारम्भ गर्ने भएको छ
    (GMT+08:00) 2009-02-09 20:09:46    
         काठमाडौँको मीनभवनमा निर्मित निजामति सेवा अस्पतालले यही फेब्रुअरी महिनाभित्रकार्य सुरु गर्ने भएको छ। चिनियाँ सहयोगबाट बनेको यो अस्पताल एक सय 32शैयाको रहेको छ।

          अस्पतालका निर्देशक डाक्टर बिमल थापाका अनुसार आन्तरिक रुपमा अस्पतालको सेवा सुरुगर्नका लागि तीन चरणमा तयारी हुँदैछ। पहिलो चरणा आधारभूत बहिरङ्ग सेवासञ्चालन हुनेछ। यस सेवा अन्तर्गत सामान्य चिकित्सा, शल्य चिकित्सा, स्त्रीरोग,हाडजोर्नी, बालबच्चा सम्बन्धी रोग तथा प्रयोगशाला सेवा रहनेछन्। दोस्रो चरणमाबहिरङ्ग सेवा सञ्चालनमा आएका बिभागलाई अन्तरङ्गमा राखिनेछ र दाँच, नाक, कान,घाँटी, छाला तथा अन्य क्षेत्रमा बहिरङ्ग सेवा सञ्चालन गरिनेछ। त्यसैगरी तेस्रोचरणमा मुटु तथा नसाका बारेमा विशिष्ट सेवा प्रदान गरिनेछ।

          चीन सरकारको सहयोगमा बनेको निजामति सेवा अस्पताल एउटा स्वायत्त संस्था हो ।अस्पतालमा चिनियाँ सहयोगबाट प्राप्त भएका उपकरणहरु सञ्चालन गर्नका लागि विशेषज्ञानको आवश्यकता पर्ने भएकाले चीनबाट प्राविधि टोली आउन लागेको पनि अस्पतालकानिर्देशक डा. थापाले बताउनुभयो। अहिले अस्पतालले प्राविधिक कर्मचारीहरुकोछनोटका लागि परीक्षा लिइसकेको छ भने प्रशासनिक कर्मचारीहरु पदपूर्तिका लागिपरीक्षाका क्रममा रहेका छन्। सबै कुराको व्यवस्था भएपछि यही फेब्रुअरी महिनाभित्रैअस्पतालको सेवा सञ्चालनमा आउने पनि डा. थापाले बताउनुभयो।

          नेपालको सरकारको सेवामा रहेका निजामति कर्मचारीहरुका लागि अस्पतालले विशेषसेवा प्रदान गर्नेछ। निजामति कर्मचारीहरुका लागि अस्पताल चिनियाँ उपहार भए पनिअस्पतालले सर्वसाधारणलाई पनि सेवा प्रदान गर्नेछ ।

         चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040