चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङमा बोल्दै तिब्बत समस्या चीनको सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णतासँग सम्बन्धित रहेकोले अन्तर्राष्ट्रिय समाजसँग तिब्बत समस्यामा चीनको अडान बुझ्ने, राष्ट्रिय सार्वभौमिकताको संरक्षण गर्न, विभिन्न जातिको हितको संरक्षण गर्न तथा सामाजिक स्थिरताको संरक्षण गर्नका लागि चीनद्वारा चालिएका सम्पूर्ण कदमको सम्मान तथा त्यसलाई समर्थन गर्ने आशा चीनले लिएको कुरा वताउनुभयो।
प्राप्त समाचारअनुसार, हिजो इटलीका केही सांसदहरुले दलाईसँग भेट-वार्ता गर्नुभयो। इटलीको रोम शहरले चीनको कडा कुराकानीको वावजुदमा दलाईलाई मानार्थ नागरिक हस्तान्तरण गरेको छ। प्रवक्ता च्याङ युका अनुसार, इटलीका ती गतिबिधिले चिनियाँ जनताको भावनामाथि गम्भीर चोट पुर्याएको कारण चीनले त्यसको कडा असन्तोष तथा विरोध व्यक्त गरेको छ।
प्रवक्ता च्याङ युका अनुसार, तिब्बत चीनको भू-भागको एउटा अविभाज्य भूभाग हो। तिब्बत समस्या चीनको आन्तरिक मामिला हो। कुनै पनि मुलुक, संगठन अथवा व्यक्तिले दलाई समस्यामार्फत चीनको आन्तरिक मामिलामाथि हस्तक्षेपलाई चीनले कडाइका साथ विरोध गरेको छ।
|