china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गत जनवरी महिनामा नेपाल घुम्न जाने चिनियाँ पर्यटकको संख्या अप्रत्यासित रुपले बढेको छ।
    (GMT+08:00) 2009-02-11 17:44:05    

         नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरु अप्रत्यासित रुपमा बढेका छन्। सन 2009 को सुरुमै चिनियाँ पर्यटकको प्रभाव अत्यन्त राम्रो देखिएको छ। गत वर्ष 2008 को जनवरीको तुलनामा चालु वर्षको सोही महिनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरु झण्डै 49 प्रतिशतले बढेका छन्।

             नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्यांक अनुसार गतवर्षको जनवरी महिनामा एक हजार चार सय 66 जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका थिए भने गत जनवरी महिनामा दुई हजार एक सय 82 जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन्। यसरी यो वर्षको सुरुको महिनामा 48 दशमलव 8 प्रतिशतले चिनियाँ पर्यटकहरु बढेका छन्।

             बोर्डको तथ्यांकमा उल्लेख भए अनुसार अन्य देशका पर्यटकहरु भने सोही अवधिमा ठूलो मात्रामा घटेका छन्। नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने देश भारतबाट सोही अवधिमा मात्र सत्र प्रतिशतभन्दा बढीले पर्यटक घटेका छन् भने जापान, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलिया, फ्रान्स, जर्मनी लगायत सबै युरोपियन राष्ट्र तथा अमेरिका र क्यानाडाबाट नेपाल आउने पर्यटकहरु घटेका छन्। यसरी प्राय सबै राष्ट्रबाट नेपाल घुम्न आउने पर्यटकहरु घटेको कुराले तथ्याÍले बताइरहेका बेला चिनियाँ पर्यटकभने उल्लेख्य रुपमा बढेका छन्।

             गत वर्षको जनवरी र चालु वर्षको जनवरीमा नेपाल भित्रिने कूल पर्यटकको तुलनामा पनि सरदर 16 प्रतिशतले घटेको कुरा पर्यटन बोर्डले जनाएको छ। तर चीनबाट भने गतवर्षको तुलनामा यो वर्षको सुरुको महिनामा 48 प्रतिशतभन्दा बढीले पर्यटक बढ्‍नु नेपाल र चीनबीचको मैत्री सम्बन्धमा अत्यन्त सकारात्मक पक्ष भएको कुरा नेपाल पर्यटन बोर्डले बताएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040