
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङ्गमा बोल्दै संयुक्त राष्ट्र संघअन्तर्गत् मानव अधिकार परिषदले गरेको चीनको मानवअधिकार अवस्थाको अनुमोदन वार्तागत तथा सहयोगात्मक वातावरणमा सुचारु रुपमा भएको कुरा बताउनुभएको छ। अधिकाँश मुलुकले चीनको मानवअधिकार नीतिबाट हासिल गरिएको उपलब्धिको सकारात्मक मूल्याङ्कन गरेर चीनको अवस्थासँग अनुकूल हुने विकासको बाटोमा चीन हिंड्दै जान समर्थन दिएको जानकारी प्रवक्ता च्याङ युले दिनुभएको छ।
चीन सरकारले कानुनवमोजिम् देशको शासन गरी मानवअधिकारलाई प्रत्याभूति दिने संवैधानिक सिद्धान्तलाई व्यवहारमा उतार्दै चीनको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि अथक प्रयास गर्दै जाने कुरा प्रवक्ता युले स्पष्ट पार्नुभयो।
प्राप्त समाचारअनुसार, फेब्रुअरी नौदेखि एघार तारिखसम्मको अवधिमा राष्ट्र संघअन्तर्गत मानवअधिकार परिषदले चीनको मानवअधिकार अवस्थाको पहिलो अनुमोदन गरी सम्बन्धित प्रतिवेदन पारित गरेको छ।
|