चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज बाह्र तारिखका दिन पैचिङ्गमा बोल्दै अन्तर्राष्ट्रिय समाजले तिब्बत समस्यामा चीन सरकारको अडानबारे आदर-कदर र समर्थन गर्ने आशा राखेको कुरा बताउनुभएको छ।
प्राप्त समाचारअनुसार हाल लिथ्वानियाका केही साँसदले दलाइको समर्थन गर्ने कुरा व्यक्त गरेका थिए।
ती कथनीको विरोधमा श्री च्याङ्गले चीन र दलाइबीचको अन्तर्विरोध नै जातिहरु बीचको अन्तर्विरोध होइन र धार्मिक एवम् मानव अधिकारको कुरा पनि होइन। त्यो चीनको सर्वभौमिकता र भूभागको अक्षुण्णताको कुरा हो। ती समस्याहरुबारे चीन सरकर र जनताले बाहिरबाट आएका कुनै शक्तिहरुको दवावमा शिर झुकाउँदैन।
त्यस अवसरमा श्री च्याङ्गले बोल्दै हाल तिब्बतको परिस्थिति शान्त र स्थिर भएको र चीन सरकारले आफ्नो अठोट र संकल्प लिई आफ्नो कार्यसंचालन गर्दै आएको कुरा बताउनुभएको छ।
|