कोरियाली प्रायःद्बीप मामिलासम्बन्धी चिनियाँ राजदूत याङ्ग हौ लानले चीनको प्रतिनिधित्वमा उत्तर-पूर्वी एशियाको शान्ति तथा सुरक्षा व्यवस्थापन कार्य-दलको तेस्रो बैठकमा सहभागी भई विभिन्न पक्षहरुसँग घनिष्ट रुपमा सहयोग गर्नुका साथै बैठकमा सक्रिय उपलब्धि हासिल गर्नका लागि प्रयास गर्नुहुने कार्यक्रम रहेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पेइचिंङमा उक्त कुरा बताउनुभएको हो।
चिनियाँ परराष्ट्र मन्त्रालयले यो पहिलो पटक श्री याङ्ग कोरियाली प्रायद्बीपको मामिलासम्बन्धी चिनियाँ राजदूत हुनुहुने घोषणा गरेको हो। यसअघि श्री याङ्ग अफगानिस्तानस्थित चिनियाँ राजदूत हुनुहुन्थ्यो।
उत्तर-पूर्वी एशियाको शान्ति तथा सुरक्षा व्यवस्थापन कार्य-दल कोरियाली प्रायःद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा पाँच वटा कार्य-दलहरुमध्येको एक हो। रुस यस कार्य-दलको प्रमुख हो। कार्य-दलको तेस्रो बैठक यस महिनाको 19 तारिखदेखि बीस तारिखसम्म मस्कोमा हुने भएको छ।
|