चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले पैचिङ्गमा बोल्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट सुडानका राष्ट्रपति ओमार हासान अहमाद अल-बाशिरमाथि अभियोग लगाउने सम्भावनाबारे चीनको अडान भनेको उचित पाइलाव्दारा सुडानको परिस्थितिलाई स्थिर पार्नु र डार्फुर समस्याको उचित समाधान गर्नेतर्फ सहायता प्रदान गरिनु हो भनी बताउनुभयो।
श्री च्याङ्गले नियमित पत्रकार सम्मेलनमा बोल्दै यता केही समयभित्र डार्फुर समस्याको समाधानमा केही प्रगति भएको र अन्तर्राष्ट्रिय समाजले डार्फुर समस्याको उचित समाधान गर्नका लागि अझै बढी हितकर वातावरण प्रदान गर्नुपर्ने कुरा बताउनुभयो।
|