प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक चीनको नीतिप्रति नेपाल सरकारको प्रतिवद्धता दोहोर्याउनु भएको छ । उहाँले नेपालको भूमि छिमेकी मित्रराष्ट्र चीनका विरुद्धउपयोग हुन नदिने पनि स्पष्ट पार्नुभएको छ ।नेपाल भ्रमणामा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँगको भेटमाप्रधानमन्त्री प्रचण्डले हिजो आइतबार सो धारणा राख्नु भएको हो ।
नेपालको सत्ता साझेदार राजनीतिक दल नेकपा एमालेको आठौँ महाअधिवेशनमा भाग लिनका लागिचिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री लिउ होङसाइले नेतृत्व गर्नु भएको 6 सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल हाल नेपालमा रहको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री होङसार्इले गतवर्षाकोमार्च महिनादेखि नेपालमा कथित तिब्बती शरणार्थीहरुले चलाएको गतिविधिप्रतिप्रधानमन्त्रीको ध्यानाकर्षाणा गराउनु भएको थियो ।
आगामी मार्चमा चीनमा गणातन्त्रस्थापना भएको 60 वर्षा र तिब्बतमा लोकतान्त्रिक सुधार आरम्भ भएको 50 वर्षा पूराभएकाले नेपालमा पुन: चीन बिरोधी गतिविधि हुन सक्ने औल्याउँदै त्यस्ता गतिविधिरोक्न नेपालका प्रधानमन्त्री समक्षा आग्रह गर्नु भएको छ ।प्रत्युत्तरमा प्रधानमन्त्री प्रचण्डले आफूहरु यस विषायमा सचेत रहेको र चीनबिरोधी तत्वनियन्त्रणा गर्न सरकार सजग रहेको बताउनु भएको छ । चिनियाँ प्रतिनिधिमण्ललेगतवर्षाको अगष्टमा सम्पन्न 20औबेइजिङ्ग ओलम्पिक खेलकूद प्रतियोगिताका क्रममानेपाल सरकारले तिब्बती गतिविधि र उनीहरुका प्रदर्शन रोक्न गरको प्रयासको सराहनागरेको छ ।
आर्थिक विकासविनाको शान्ति दिगो नहुने प्रष्ट पार्दै प्रधानमन्त्रीले नेपालकोआर्थिक विकासको प्रयासलार्इ मद्दत पुर्याउन चीनको सहयोग अपेक्षा गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले चिनियाँ प्रतिनिधिमण्डललार्इ भन्नुभयो "चीन नेपालको अशलसाझेदार र पत्यारिलो साथी हो । यतिवेला चीनको बढ्तै सहयोग चाहिन्छ ।"प्रधानमन्त्री प्रचण्डले आफूले छिट्टै चीनको औपचारिक भ्रमणा गर्ने जानकारी पनिसो अवसरमा गराउनु भएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|