नेपालमा भएका समस्या आपसी वार्ता र समझदारीबाट समाधान गर्न सकिने चिनियाँकम्युनिष्ट पार्टीका नेताले बताउनु भएको छ
(GMT+08:00)
2009-02-18 17:46:03
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री लिउ होङ्गसाईलेनेपालका सबै राजनीतिक दललाई पारस्परिक सहमति र साझा मतका आधारमा शान्ति,स्थिरता र समृद्धिका लागि अगाडि बढ्न सुझाव दिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीएमालेको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै हिजो सोमबार चिनियाँ नेताले सोधारणा व्यक्त गर्नु भएको हो ।सम्बोधनमा चिनियाँ नेताले भन्नुभयो "चीनले नेपाली जनताले आफ्नो स्वतन्त्रतासार्वभौमसत्ता र क्षोत्रीय अखण्डताको रक्षाका लागि चाल्ने सबै कदमको समर्थन गर्ने छ ।"नेपालका कम्युनिष्ट पार्टी र जनतासँग सुमधुर सम्बन्ध स्थापित गरी चीनले नेपालमाशान्ति र स्थिरताका लागि योगदान गर्दै आएको भन्दै चिनियाँ नेता होङ्गसाईलेयस्तो सम्बन्ध अझै सुदृढ बनाउन चाहेको पनि औँल्याउनुभयो । नेकपा एमाललेमाक्र्सवादको यथार्थ र मौलिक प्रयोग गरी मुलुकको आर्थिक तथा सामाजिक विकासमायोगदान गर्दै आएको पनि उहाँले टिप्पणी गर्नुभयो ।शान्ति प्रत्रिmया र संविधान निर्माणामा एमालेले अपरिहार्य भूमिका खेलेकोमा प्रशंसागर्दै चिनियाँ नेता होङ्गसाईले चिनियाँ जनता र नेपाली जनताबीचमा सुमधुर सम्बन्धविकासका लागि नेकपा एमालेले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो"एमालेले यस क्षोत्रको शान्ति र स्थिरताका लागि योगदान गर्न सकोस् । हामीले पक्षीय सम्बन्ध सुदृढ गर्न चाहेका छौँ ।" नेपालीले आफ्ना मतभेद वार्ता रसमझदारीबाट समाधान गर्न सक्ने उहाँले विश्वास प्रकट गर्नुभयो ।यसैबीच परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यको नेतृत्वमा दुई सदस्यीय नेपालीप्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । पिक्षीय सुझाव संयन्त्रको आठौँ वैठकमाभाग लिन प्रतिनिधिमण्डल हिजो सोमबार चीन प्रस्थान गरेको हो ।