china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति परियोजनाको सुरुङ चिनियाँ कम्पनीलेबनाउने भएका छ
    (GMT+08:00) 2009-02-23 19:30:09    

          न्‍सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौँको सुन्दरीजलसम्म सुरुङ निर्माणका लागिदुई चिनियाँ कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस दुरीमा पर्ने साढे26 किलोमिटर लामो सुरुङको ठेक्का सम्बन्धी सम्झौता चिनियाँ कम्पनी र मेलम्चीखानेपानी विकास समितिबीच भएको हो।

          हिजो बिहीबार सम्झौतापत्रमा हस्ताक्षरगर्ने चिनियाँ कम्पनीहरुमा चाइना रेलवे फिप्टिन गु्रप कर्पोरेसन र चाइनासिएमआइसी इन्जिनियरिङ कर्पोरेसन रहेका छन्। यी दुई कम्पनीहरुले सुरुङनिर्माणका लागि सबैभन्दा कम रकम कवोल गरेका थिए। सुरुङ निर्माणको लागत 4 अर्व 28 करोड 85 लाख नेपाली रुपैयाँ छ। यो ठेक्काअनुमानभन्दा झण्डै 92 प्रतिशतले कम हो। सुरुङ निर्माणको प्रतिस्पर्धामा बीसवटाकम्पनी सहभागी थिए। प्रस्ताव परेकामध्ये अघिल्लो वर्ष आयोजनाले सातवटालाई मात्रपूर्व याग्यता छनोटसूचीमा राखेको थियो। ठेकेदार चिनियाँ कम्पनीहरुले बिहिबारदेखि लागू हुने गरी चारवर्ष चार महिनामा कामपूरा गर्नुपर्नेछ। यो योजना तयार भएपछि काठमाडौँ उपत्यकामा खानेपानीकोअभावलाई दीर्घकालीन रुपले पूर्ति गर्नेछ। ठेक्का सम्झौतामा आयोजनाका कार्यकारीनिर्देशक गजेन्द्र ठाकुर र चाइना रेलवेका तफबाट उपमहाप्रवन्धक तङ कुङ्‍वाओलेहस्ताक्षर गर्नुभएको छ।

           सुरुङ निर्माणका लागि प्रवेश मार्ग, सरुङ प्रवेश मार्ग लगायतका पूर्वाधारहरु तयारभइसकेका छन्। सिन्धपाल्चोकको अम्वाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल गरी चारठाउँबाट सुरुङ एकसाथ खनिनेछ। सुरुङको व्यास 95 फिट र उचाई 93 फिट भईघोडाको नाल आकारको हुनेछ । निर्माण भइसकेपछि सुरुङबाट पहिलो चरणमा 97करोड लिटर पानी सुन्दरीजलमा आउने छ भने दोस्रो चरणमा थप 35 करोड लिटर पानीआपूर्ति हुनेछ। मेलम्ची खानेपानी आयोजना पूरा भएपछि सन 2039 सम्मका लागिकाठमाडौँ उपत्यकामा खानेपानीको अभाव हुनेछैन ।

          चेतनाथ अचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040