china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका सहायक विदेशमन्त्री हु चेङ्‍कुईले यही हप्ता नेपालको भ्रमण गर्नुहुने भएकोछ
    (GMT+08:00) 2009-02-24 19:19:43    

          चिनियाँ सहायक विदेशमन्त्री हु चेङ्‍कुईले नेपालको तीनदिने भ्रमण गर्नुहुनेभएको छ । परराष्ट्र मन्त्रालयको चिनियाँ डेक्सका अधिकारी मणिरत्न शर्मालेसि.आर.आई.लाई बताउनु भए अनुसार चिनियाँ सहायक विदेशमन्त्री आगामी 25 तारिखबुधबार नेपाल आइपुग्नुहुनेछ । उहाँ तीन दिनसम्म नेपालका उच्च राजनीतिकअधिकारीसँगको भेटघाटमा रहनुहुनेछ । नेपाल भ्रमणका बेला चिनियाँ सहायक विदेश मन्त्री हुले राष्ट्रपति डा. रामवरण यादवतथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुहुनेछ । त्यसैगरी उहाँले सरकारमारहेका उच्च मन्त्रीहरुलाई पनि भेट गर्ने कार्यक्रम रहेको शर्माले बताउनुभयो । नेपालमा विकसित शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण तथा चिनियाँ सहयोगकाबारेमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल र चीनबीचमा जनस्तरमापनि गहिरो सम्बन्ध स्थापना भएको छ । चीनले सबैभन्दा धेरै आर्थिक सहयोग गरेकाराष्ट्रमा उत्तर कोरियापछि दोस्रो स्थानमा नेपाल परेको छ । नेपालको बदलिएकोराजनीतिक परिस्थितिमा पनि चिनियाँ सहयोग जारी राख्ने चिनियाँ पक्षबाट व्यक्त हुँदैआएको छ । चिनियाँ सहायक विदेशमन्त्री हुको नेपाल भ्रमणका समयमा नेपाललाई प्राप्त हुनेचिनियाँ सहयोगका अतिरिक्त नेपालको भूमिबाट हुने चीन बिरोधी गतिविधिका बारेमापनि छलफल हुने भएको छ । चालु वर्ष नयाँ चीन स्थापनाको साठीऔं वर्षगाँठ रचीनको तिब्बत दासत्ताबाट मुक्त भएको पचासौँ वर्षगाँठ हो । गतवर्षको मार्चदेखि नेपालमा दलाइ गुटले नेपाल र चीनबीचको मैत्री सम्बन्धमा आँचपुग्ने खालका गतिविधि गरेकोमा चीनले त्यसमा चिन्ता प्रकट गरेको छ भने नेपालसरकारले त्यस्ता गतिविधि हुन नदिन कडा नीति लिने बताएको छ ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

         काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040